जाजरकोट । भेरीनगरपालिका –२ मा निर्माण गर्ने भनिएको थर्पुपिको लद्युजलविद्युत आयोजना निर्माण अलपत्र परेको छ । प्रत्येक घरधुरीबाट रु ७ हजारका दरले रु ५ लाख २१ हजार रकम उठाएको भएतापनि हाल सम्म विद्युत नवलेपछि स्थानीयको पैसा हिनामिना भएको हो ।
तत्कालिन विद्युत आयोजनाका अध्यक्ष तथा वडा २ का अध्यक्ष कालीबहादुर ओलीको संग्लनता रहेको विद्युत निर्माण नभई अलपत्र परेको नाम नखुलाउने सत्रमा एक स्थानीयले बताए । नेपाल जलवायू परिर्वतन सहयोग कार्यक्रम बाट रु ४ लाख ६० सिंचार्ई निर्माणका लागि भुक्तानी लिईएको थियो । ११० एमएमको पाईपको मुल्य रु ६ लाख ६८ हजारको विल बनाई ढुवानी भाडा रु ३९ हजार भएको भन्दै अध्यक्ष ओलीले आयोजनाको विल बढी हाली पैसा झिकेको स्थानीयले आरोप छ ।
२०७३ कार्तिक २४ गते ३ सय ८३ रुपैया प्रतिमिटर पाईपको मुल्य विलमा रहेको देखिन्छ भने हालको बजार मुल्य सो पाईपको ३२० रुपैया पर्ने गर्दछ । ४ वर्ष अघिको मुल्य र अहिलेको वजार मुल्य एकै हुँदा बिल बढाएर प्रयोग गरिएको आरोप अध्यक्ष ओली माथी लागेपछि बढी मुल्य फिर्ता गर्न सहमत भएको स्रोतको दावी छ । बढी रकम फिर्ता खोज्दा अरु पनि योजनामा समस्या भएको भन्दै एक स्थानीयले सदरमुकामको होटल सिद्धपाईला बाट रु १ लाख ६८ हजार कव्जा गरेको स्रोतको भनाई छ ।
खाराखोला तिमिले खानेपानी योजनाका मजदुरले काम गरेको रकम नपाएको भन्दै पीडा व्यक्त गरेका छन् । रु १० लाख ५१ हजारमा पाईप मात्र खरिद गरेर ल्याएको भनि अध्यक्ष ओलीले भनेपनि मजदुरले रकम नपाएको गुनासो गरेका हुन ।
अहिले आस्था नेपालबाट परेको योजनामा पुरानो पाइप प्रयोग गरेर सो बाट आएको रकम गाउँलेलाई वाँड्नु पर्ने कुरा उठेपछि विवाद थप चेर्केको हो । आस्था नेपालको योजनामा स्टामेट अनुसार काम गर्नुपर्ने भएपछि रकम नवच्ने भन्दै कसरी बाँड्न मिल्छ भनी प्रश्न गर्दा विवाद चर्केपछि रकम कव्जा गरिएको थियो ।
स्थानीयको रकम फिर्ता गर्ने शर्तमा लिखित कागज
विद्युत निर्माण गरेको नक्कली कागज गरी रकम हिनामिना गर्ने भेरी नगरपालिका –२ का वडा अध्यक्ष कालीबहादुर वलीले रकम फिर्ता गर्ने लिखित कागज गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय जाजरकोटमा फागुन फागुन २१ गते कागज गरी तिमिलेका ७७ घरधुरीको प्रतिघुरीलाई रु सात हजारका दरले फिर्ता गर्ने कागज गरेका हुन् । आर्थिक वर्ष २०७२, ७३ मा नेपाल जलवायु सहयोग कार्यक्रमको सहयोगमा सञ्चालित थर्पु पिको जलविद्युत योजना निर्माणका लागि अध्यक्ष ओलीले रकम झिकेका थिए ।
घर ,घरबाट रकम समेत उठाएका वलीले कार्यक्रमबाट समेत रकम झिकेर विद्युत योजना निर्माण गरेको वोर्ड र कागज समेत बनाएका थिए । विद्युत आयोजना निर्माण नै नगरी रकम हिनामिना गरेको आरोप लागि प्रशासनमा उजुरी परेपछि सो रकम फिर्ता गर्ने सहमती भएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए ।
२०७६ असार २९ गते जिल्ला प्रशासन कार्यालयमा स्थानीयवासी यूवाहरुले उजुरी दिएका थिए । रकम अनियमितताको स्थानीयले अध्यक्ष वलीले नै गरेको भनी आरोप लगाउँदै आएका छन् । अध्यक्ष वलीका विरुद्धमा जिल्ला प्रशासन कार्यालयमा अनियमितताका उजुरी दर्ता हुदै आएका छन् । भेरीमालिका दैनिक बाट साभार गरिएकाे

















































। २४ फाल्गुन २०७६, शनिबार