
तस्वीर गाेविन्दबहादुर सिह
जाजरकोट । विश्व बाटै नै दुर्लभ पंक्षीका रुपमा रहेको लोभिपापि गरुडको समुह सुर्खेतमा भेटिएको छ । शनिबार सुर्खेतको काँकेविहार क्षेत्रको गोरे खागलमा दुर्लभ पंक्षीका रुपमा रहेको लोभिपापिको समुह भेटिएको पशुपंक्षी विज्ञ गोविन्द्रबहादुर सिंहले जानकारी दिए ।
उनका अनुसार, समुन्द्री सतह देखि ६५१ मिटरको उचाइमा बिश्वमै दुर्लभ मानिएको लोभिपापि गरुड(बकष्बल धययििथलभअप) भेटिएको उनको भनाई छ । दुर्लभ पंक्षीको संरक्षणमा संघ,प्रदेश सरकारले ध्यान नदिनु दुःखको कुरा भएको उनले दुखेसो गरे । कालो रंगको शरीर सेतो मसिना भुवादार घाँटी लामो रातो खैरो चुच्चो सेतो छाति खुट्टा रातो लामा सिम ओसिलो भएको ठाउँमा पाइने गरुड सुर्खेतमा भेटिएको उनको भनाई छ ।
समुन्द्र सतह ३०० नेपालगंज देखि १४०० मिटर जाजरकोटको बारेकोट गाउँपालिका सिमसार ठाउँ सम्म देखिएको छ । हाल जाजरकोट सुर्खेत सिम्ता र बाँके जिल्लाको चिसापानी क्षेत्रमा एकल प्रयासमा गुढ सहित भेटिएको सिंहले बताए । यो अग्ला सिमल सालको रुखमा बस्ने गुढ लाउने गरेकोमा रुख फडानी गर्दा गिद्द लगायत यो पंछिलाई असर उनको भनाई छ । बालिमा विषादी हालेर मुसा मार्दा यस्ले खाएर पनि मरेको किसान बताउँछन् ।

बालिमा हुने किरा फटयांग्रो भ्यागुतो सर्प मुसा खाएर बालिको सुरक्षा गरि दिएको नबुझेर गुलेलि अबैध बंदुक पासो ढुङ्गा हानेर मारेको देखिन्छ । हाल यसको संरक्षणमा यातायातको सुबिधा भएको ठाउमा होला दुर्गम यातायात नभएको ठाउमा कुनैपनि संघ संस्थाले काम गरेका छैनन । कति बन्यजन्तु पंक्षि चोरि शिकारी पासो नुनमा विषादी हालेर राति बसेको ठाउमा टर्च लगाएर मारिरहेका छन । कुनै पनि कानुनी दण्ड सजाय गरेको पाईदैन।
















































। १८ फाल्गुन २०७६, आईतवार