जाजरकोट । भेरी नगरपालिकाको गणेश टोलले मदिरा नियन्त्रित नमुना टोल घोषण गरिएको छ । भेरी नगरपालिका–३ को गणेश टोल बिकास संस्थाले बुधबार गणेश टोललाई मदिरा नियन्त्रित तथा नमुना बस्ती विकास उन्मुख टोल घोषणा गरेको छ ।
गणेश टोलमा रहेको पिपलचौतारामा साईनवोर्ड राखेर टोल बिकास संस्थाले यस्तो घोषणा गरेको हो । सरकार र सत्ता भन्दा बाहिर रहेका नागरिकहरुको साँझा संस्थाको भुमिका निर्वाह गर्दै आएको टोल बिकास संस्थाले आफ्नो टोलमा मदिरा नियन्त्रण गर्नुको साथै नमुना बस्ती बिकासका कामलाई अगाडी बढाउने उदेश्य राखेर यस्तो गरिएको गणेश टोल बिकास संस्थाका अध्यक्ष विजय जंग शाहले बताए । गणेश टोललाई नमुना बस्ती निर्माण गर्न आफु पुर्णरुपले लागि परेको अध्यक्ष शाहले बताए ।
उक्त घोषणा कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख ज्ञानी प्रसाद शर्मा, प्रमुख जिल्ला अधिकारी जनकराज पन्त, नागरिक समाजका अध्यक्ष केशवजंग शाह, नागरिक समाजका संयोजक राजेन्द्र विक्रम शाह लगाएत सरोकार वाला सबैको उपस्थिति रहेको थियो ।
















































। ८ फाल्गुन २०७६, बिहीबार