
तिलक राज बि कसुर्खेत : कर्णाली प्रदेशको दोश्रो एक्स्पो मोहत्सवको आज उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गरेका छन् । समृद्ध कर्णालीको दिगो, आर्थिक विकासको आधारः अर्गा्निक कृषि, पर्यटन, जलश्रोत र उद्योग हुन पुर्वाधारः भन्ने नाराका साथ संञ्चालन गर्न लागिएको महोत्सव सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्षतमा मंगलवार सञ्चालन भएको छ ।
कर्णालीमा अथाह साधन स्रोत सम्पन्न सम्भावना भएको प्रदेश रहेको उपराष्ट्रपति पुनले बताए ।कर्णालीमा बहादुर योग्दान कर्ता हरुको जन्म भएको स्थल पनि हो । कर्णालीमको विकाको साथमा रहन चाहान्छु, सबै भन्दा संघियता चाहिएको कर्णाली बनाउन केन्द्रीय सरकार लाग्ने बताए ।
यहाँको शिक्षा भौतिक बिकासमा प्रदेश सरकार लागेको टिप्पणी गरे । कर्णाली सरकारको ध्यान आर्कष्ण कर्णाली प्रदेश बनाउन र सोच्न आग्रहो हो । उत्कृष्ट संगम भौगोलिक रुपमा पनि राम्रो छ ,यहाँका जडिबुडी र यार्सा गुम्वा लगायत निजी क्षेत्र भरीपुर्ण साथै गन्तब्य प्राकृतिक सुन्दरता हिमाल पर्यटकिय स्थलको अथाह सम्भव यही कर्णालीमा छ ।
हाम्रा देशका मान्छेहरु पनि घुम्न जानेगर्छन तर कर्णालीमा आए विदेश भन्दा यहि राम्रो छ । यो प्रदेशले आन्तरिक तथा बाह्य पर्यटक भित्रयान सफल हुने उपराष्ट्र पुनले बताए । यस्तै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शााहीले भन्ने जनतका चाहाना ठुला छन । यही असल शुसान चाहाना पुरा गर्न वर्तमाण सरकार लागेको दाबी गरेका छन । कर्णाली प्रदेश सरकारले केन्द्रिय उपराष्ट्रपतिलाई १९ बुदे मागपत्र बुझएको छ ।
कर्णाली विभिन्न्न समस्या हरु सहित १९ माग प्रदेश सरकारले गरेको छ । कर्णाली विकास गर्न सजिलै छैन ,किनकी भौगोलिक हिसाबले कठिनाई छ । त्यसका लागि अन्तराष्ट्रिय लगानि कर्तासंग सम्झौता गरेका छौँ । अब सम्भव छ । यहाँ कर्णाली लाई अर्गानिक प्रदेश बनाउनका लागि मोहत्सव सञ्चालन गरिएको हो । एक्स्पोमा आउने दर्शकलाई लक्षित गर्दै सुरक्षित महसुस गराउन यो पहिलो पटक प्रयोगमा ल्याईएको आयोजकले जनाएको छ । पछिल्लो समय जिल्लामा आयोजना हुने विभिन्न किसिमका मेला महोत्सवहरु भन्दा यो पटकको महोत्सव फरक हुने आयोजको दावी छ ।आजबाट सञ्चालन गर्न लागिएको महोत्सव फागुन १७ गते सकिने छ ।
मुलआयोजक समितिका संयोजक समेत रहनुभएका धनबहादुर रावतले आर्थिक संकलन र नाफामुखी मात्र नभएर आम्दानीको केही प्रतिशत रकम व्यापारीको सामुहिक हितको लागि स्थापना गरिएको अक्षयकोषमा जम्मा गरिने बताए । विभिन्न उद्योग तथा उद्यमीहरु, कृषक तथा कृषि उत्पादनहरुको प्रचारप्रसार एवं व्यापार प्रवर्द्धन गरिने छ ।
पाँचसय व्यवसायिक स्टलहरु रहने महोत्सवमा ८० वटा स्टल कृषिका राखिने छन् । कर्णालीका दश वटै जिल्लाका कृषक उद्यमीहरुले उत्पादन गरेका रैथाने तथा अर्गा्निक कृषि उपजहरुको प्रदर्शनी गरिनेछ । पहिलो पटक लण्डन ब्रिज प्रवेशद्वार सहित अरब दुवइ सेल्फी जोनको पनि व्यवस्था गरिएको छ ।
६ लाखभन्दा बढी दर्शकहरुले अवलोकन गर्ने अपेक्षा गरिएको महोत्सवमा झन्डै एक करोड तीस लाख रकम खर्च हुने अनुमान आयोजकको छ । मेलामा भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषिको प्रवर्द्धनको लागि विभिन्न शिर्षकमा ४२ लाख खर्च गर्नेछ ।
















































। ६ फाल्गुन २०७६, मंगलवार