टोल सुधार समितीद्धारा सडक वत्ती जडान

जाजरकोट । जिल्लाको भेरीनगरपालिकाको एक टोल सुधार संस्थाले उज्यालो समाज निर्माण गर्न सडक बत्ती जडान गरेको छ ।

संस्थाले आफ्नो टोल आफै बनाउ भन्ने नाराका साथ राधाकृष्ण टोल सुधार संस्थाले रामजानकी टोलमा सडक बत्ती जोडेको हो । टोल सुधारमा कुनै संघ संस्थाले सहयोग नगरेको राधा कृष्ण टोल सुधार समितीका अध्यक्ष उमेश कार्कीले जानकारी दिए ।

उनले भने, “सडक वत्तीले बाटोमा हिड्ने पैदल यात्रुलाई सजिलो हुने भएकोले जडान गरेका छौँ ।” राधा कृष्ण टोल सुधार संस्थाले जस्तै अन्य संस्थाले सकारात्मक सोच्ने हो भने समाज परिवर्तन हुन केही समय पर्खनुपर्दैन ।

तपाईको प्रतिक्रिया