आगलागी हुँदा १ लाख ५० हजार बराबरकाे क्षति

हरीबहादुर नेपाली बारेकोट । जिल्लाको बारेकोट गाउँपालिका २ अर्यनामा आगलागी हुदाँ एक लाख पचास हजार बराबरको क्षति भएको छ ।

स्थानी गाग्राखोला बाट उत्पादित विद्युतको तार सरकृट भई स्थानीय धनबहादुर नेपालीको घरमा आगलागी हुदाँ क्षति भएको स्थानीयले एपीखबरलाई जानकारी दिए ।

आगलागी बाट नगद ३० हजार ,४२ हजारको ल्याप्टप, १५ हजारको सोलार,३२ ईन्चको स्माट टिभी, कपडाहरु लिउ,फेरुवा सहित २० हजार बराबरको कपडा जलेर नष्ट भएको स्थानीय अलिपाल नेपालीले जानकारी दिए । मानवीय क्षेती भने हुन बाट जोगिएको पीडित परिवारको भनाई छ ।

तपाईको प्रतिक्रिया