काँग्रेस पार्टी कार्यालय मै कुटिए पत्रकार

बाजुरामा–नेपाली काँग्रेस बाजुराको पार्टी कार्यालयमा पत्रकार प्रेम रौले माथि कुटपिट भएको छ । कार्यालय भित्र बैठक चलिरहेको बेला भनाभनको विषयले उग्र रुप लिएपछि काँग्रेस कार्यकर्ताबाटै रौले कुटिएका हुन् ।प्रेस युनियन बाजुराका अध्यक्ष समेत रहेका राष्ट्रिय समाचार समिति बाजुरा प्रतिनिधी रौलेलाई काँग्रेस निकट तरुण दलका नेता हिरेन्द्र रोकायाले मुक्का प्रहार गरेको पत्रकार प्रेम रौलेले बताएका छन् ।

काँग्रेस पार्टी सभापति कविराज पण्डित, महासमिति सदस्य जनकराज गिरी, जुना दानी सहीतका नेताहरुको अगाडि नै रोकायाले कुटपीट गरेको रौलेको भनाई । रोकायाले कार्यालय भित्रै मुक्का प्रहार गरेको प्रेस युनियनका एक जना सदस्यले बताएका छन् ।
रेडियो पौरखीको स्टेशन प्रबन्धकका लागि लिएको परीक्षाको विषय बारे छलफल हुदै गर्दा रौले माथि आक्रमण गरेका हुन् ।

परीक्षा समयको ७ मिनेट अगाडि मात्र बोलाएर आफू अनुकुल व्यक्ति राख्ने मनसाय राखेको आरोप सहीत परीक्षामा सहभागि नहुने अभिव्यक्ति पछि रेडियो सञ्चालक समिति अध्यक्ष रामचन्द्र यादव, सचिव हिरेन्द्र रोकाया सहीतले ज्यान मार्ने धम्की सहीत गाली दिएका थिए ।
आस्थावान पार्टीकै नेताहरुबाट असुरक्षित भएको आसहय समिति प्रेस युनियनको जिल्ला अध्यक्ष पद त्यागेको विज्ञप्ती सामाजिक सञ्जालबाट जारी गरेका थिए ।

सो विज्ञप्ती बारे समीक्षा र पद त्याग घोषणा बारे छलफल गर्न काँग्रेस नेताहरुले पत्रकार रौलेलाई पार्टी कार्यालय मै बोलाएका थिए ।पार्टी नेतृत्वबाट सुरक्षाको पहल नभएको र रेडियो सञ्चालक समितिसँग आवद्धहरुबाटै परीक्षा हलभित्रै गाली गर्न खोजेको गुनासो सुनाउँदै गर्दा रोकायाले आक्रमण गरेको पत्रकार रौलेले बताएका छन् । रौलेको टिसर्ट च्यातिएको छ । भने टाउकोमा चोट लागेको छ ।

तपाईको प्रतिक्रिया