दुई सय पैतालिस जनालाई उद्यमशिलता तालिम दिईदै

कालिबहादुर नेपाली
फाल्गुन ३, जाजरकोट

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जाजरकोटको आर्थिक सहयोग र ग्रामिण परिवेश नेपाल सम्र्पक कार्यालय जाजरकोटको आयोजनामा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्र्तगत जिल्लाका ४ वटा स्थानिय तहमा उद्यमशिलता विकास तालिम संचालन गरिने भएको छ ।
जिल्लाको भेरी नगरपालिका वडा न. ५ को छिप्रेना वडा न. ६ को भेर्या यसैगरि नलगाड नगरपालिका वडा न. ६ को गर्छीना र भारगाँउ बारेकोट गाँउपालिका वडा न. ७ को सुवाकोट र स्याँला यसै गरि कुशे गाँउपालिका वडा न. ६ को छहरा गाँउ र सम्सीमा उक्त तालिम संचालन हुने भएका हुन् ।
मेडेप मोडेल अनुसार सामाजिक परिचानलको माध्यामबाट छनोट भएका लक्षित वर्गका व्यक्तिहरुको उद्यमशिलता विकास गर्न तालिम संचालन गर्न लागिएको संस्थाका जिल्ला कार्यक्रम संयोजक शुसिल रावलले बताउनुभयो ।
सम्भावित उद्यमीलाई उद्यमशिल भावनाको विकास गराई मागमा आधारित रणनितिका आधारमा सीप विकास तालिमको छनोट गर्ने उद्देश्यले तालिम संचालन गर्न लागिएको संस्थाका तथ्यांक सहायक रमेश अधिकारीले जानकारी गराउनुभयो ।
यसै गरि आ.व ०७६र७७ मा जिल्लामा जम्मा ३९२ जना नयाँ लघु उद्यमी सृजना गर्ने लक्ष्यका साथ काम भईरहेको र जस मध्ये पहिलो कलष्टरमा पर्ने ४ स्थानिय तहमा ग्रमिण परिवेश नेपाल जुम्ला र दोस्रो कलष्टर अन्र्तगत बाकि ३ स्थानिय तहमा भेरी कर्णाली पोलिटेक्निक ईन्टिटिच्युट बाँकेले काम गर्ने सम्झौता अनुसार काम भईरहेको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जाजरकोटका कार्यालय प्रमुख चन्द्रप्रकाश कडेलले बताउनु भयो ।

तपाईको प्रतिक्रिया