मंसिरबाट बन्द नाग्म-गमगढी सडकखण्ड खुल्यो

जुम्ला : कर्णाली राजमार्गअन्तर्गत रहेको नाग्मा-गमगढी सडकखण्ड सञ्चालनमा आएको छ। घुच्चीलेखमा रहेको सातमोडमा गएको मंसिर तेस्रो साताबाट परेको हिमपातले बन्द भएको सडक शुक्रबारबाट संचालनमा आएको हो। गत मंसिरको तेस्रो साताबाट पटकपटकमा हिमपात हुँदा नाग्मा-गमगढी सडकखण्ड बन्द भएका थियो।

सडक बन्द हुँदा मुगुको सदरमुकाम गमगढी बजार र हुम्लामा दैनिक उपभोग्य सामानको मूल्यवृद्धि भएको थियो। विकास निमार्णका सामान कालिकोटको नाग्मा बजार, जुम्लाको गोठीज्यूला र भुलभुलेमा थन्किएका थिए।

सडक बन्द भएका कारण बजारमा सामानको अभाव भएकाले सडक संचालन गर्न मुगु उद्योग वाणिज्य संघको पहल गरेको थियो। सडक डिभिजन कार्यालय जुम्ला, जिल्ला प्रशासन, प्रहरीलगायत अन्य सरोकारवाला निकायको पहलमा शुक्रबारबाट बन्दा सडक संचालनमा आएको हो। मुगुका प्रमुख जिल्ला अधिकारी केशव ज्ञवालिले यो वर्ष धेरै हिमपात हुँदा लाम्रो समय सम्म नाग्म गमगढी सडक खण्ड बन्द भएको बताए। उनले भने ‘ सडक बन्दका कारण मुगुका व्यापारीहरू निकै मारमा परेका थिए। सडक बन्द हुँदा गमगढी बजारमा धेरै सामानको अभाव भएको थियो।’

सडक बन्दका कारण र बाटोमै अल्पत्र परेका दैनिक उपभोग्य सामान र विकास निमार्णका सामान लोड गरिएका मालबाहक गाडी गमगडी बजारतर्फ लागेको उद्योग वाणिज्य संघ मुगुका अध्क्षय कमल बहादुर बुढा बताए। सडक डिभिजन कार्यालय जुम्लाले झण्डै दुइ हप्ता लागाएर सडक संचालनमा ल्याएको जनाएको छ। केही दिनसम्म डोजर मेसिन पनि यही क्षेत्रमा राखेर काम गर्ने कार्यालयको भनाइ छ।

तपाईको प्रतिक्रिया