सल्यान : अत्यधिक दोहन तथा चोरी निकासीका कारण जडीबुटी लोप हुँदै गएको छ। जलवायु परिवर्तन, वनमा मिसाहा प्रजातिको विकास, लोपोन्मुख जडीबुटीको खेती प्रविधिको अभाव, अत्यधिक दोहन तथा चोरी निकासीका कारण महत्त्वपूर्ण जडिबुटी दिनप्रतिदिन लोप हुँदै गइरहेका छन्। नेपाल सरकारको प्राथमिकतामा परेका ३३ प्रजाति जडीबुटीमध्ये सल्यानमा २१ प्रजातिका जडीबुटी पाइने गरेको जिल्ला वनस्पति कार्यालय सल्यानका कृष्ण पुनले जानकारी दिए।
उनले भने, ‘जडीबुटीको महत्व थाहा नपाउँदा लोप हुने अवस्थामा पुगेका छन्।’ सल्यानमा सुगुन्धकोकिला, टिमुर, तेजपात, काउलो, सुनाखरी, सुनगाभा, चिइरातो लगाइतो, झ्याउ, बोजोलगायतका २१ प्रजातिका जडीबुटी पाइन्छ। यी जडीबुटीको चोरीनिकासी तथा अतिदोहन र अवैज्ञानिक संलकन हुने गरेको पुनले बताए। तीमध्ये डुड्रोटिमा जातको सुनगाभा विदेशसम्म चोरी निकासी हुने गरेको पुनको भनाइ छ।
‘नेपालभर ३४० प्रजातिका सुनगाभा पाइन्छ, त्यसमध्ये ३२ प्रजाति सल्यानमा रहेका छन्,’ उनले भने, ‘तीमध्ये पनि डेड्रोटिम नामक प्रजातिबाट विदेशमा औषधि बनाइने हुँदा यो प्रजातिको बढी मात्रा चोरी निकासी हुने गरेको छ।’ बजारमा मूल्य बढ्ने बित्तिकै जडीबुटीको पातदेखि जरासम्म निकालेर संकलन गरिँदै आइएइको छ। यस्ता कार्यले लोप हुँदै गइरहेको छ।
















































। २० माघ २०७६, सोमबार