नेकपा केन्द्रीय कमिटी बैठक आजदेखि, प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठक आजदेखि शुरू हुँदैछ। बिहान ११ बजे बैठक बस्न लागेको नेकपाले जनाएको छ। बैठकमा प्रधानमन्त्री ओलीले उद्घाटन मन्तव्य दिने छन्। यस अघि हिजो बसेको नेकपा सचिवालय बैठकले बैठकका एजेण्डाहरु सार्वजनिक गरेको छ। पार्टी एकतापछि यो दोस्रो बैठक हो। केन्द्रीय कमिटी बैठकमा ४ सय ४५ जना सदस्य छन्।

पार्टी कार्यालयमासबै अट्न सम्भव नभएकाले सभागृहको हल बुक गरिएको नेकपाले जनाएको छ। बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलले सांगठानिक प्रतिवेदन पेस गर्नेछन्। तत्कालिन एमाले र माओवादी केन्द्रबीच २०७५ जेठ ३ मा पार्टी एकता भएपछि दोस्रो पटक बस्न लागेको यो बैठकले विधान संशोधन प्रस्ताव अनुमोदन गर्नेछ। विधान संशोधन भएपछि वामवेद गौतम उपाध्यक्ष हुनेछन्।

यस्तो छ सचिवालयले सार्वजनिक गरेका एजेण्डाहरु सहिदहरुप्रति श्रद्धाञ्जली अध्यक्ष केपी ओलीले बैठकको उद्घाटन र मन्तव्य अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अध्यक्षद्वयको तर्फबाट राजनीतिक प्रतिवेदन पेश गर्ने महासचिव विष्णु पौडेलले सांगठनिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव प्रस्तुत गर्ने सात वटै प्रदेशमा प्रदेश अध्यक्षहरुले सांगठनिक रिपोर्ट आफ्नो प्रदेशका तर्फबाट प्रस्तुत गर्ने। समसामयिक प्रस्तावहरु (अहिलेका तत्कालीन विषयहरु) विविध

तपाईको प्रतिक्रिया