कोरोनाको संक्रमणबाट आत्तिहाल्नु पर्ने अवस्था छैनः डब्लुएचओ

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले चीनमा रहेका आफ्ना नागरिक तत्काल फिर्ता बोलाउन नपर्ने बताएको छ । कोरोना भाइरस संक्रमणले महामारीको रुप लिएको भन्दै अमेरिका, क्यानडा, फ्रान्सलगायतका देशले चीनमा रहेका आफ्ना नागरिक फिर्ता लैजाने घोषणा गरेसँगै डब्लुएचओले उक्त धारणा सार्वजनिक गरेको हो ।  

संक्रमणको अवस्था बुझ्न चीन आएका डब्लुएचओका महानिर्देशक डा. टेड्रोस अडानोम गेब्रियससले प्रकोप नियन्त्रणका लागि चीनले गरिरहेको तयारीमा आफु पूर्ण विश्वस्त भएको बताए । उनले भने, ‘चीनले यो प्रकोपलाई छिट्टै नियन्त्रण गर्छ, आत्तिइहाल्नु पर्ने अवस्था अवस्था छैन । सबै नागरिकले सर्तकता अपनाउन भने जरुरी छ ।’

मंगलबार चीनमा संगठनका महानिर्देशक र चिनियाँ विदेश मन्त्रीबीच भेटवार्ता भएको छ । भेटमा भाइरसको संक्रमण नियन्त्रणका विषयमा छलफल भएको थियो । चीनमा डिसेम्बरको अन्तिम सातादेखि कोरोना भाइरसको प्रकोप देखिएको छ । अहिलेसम्म चीनमा १०६ को मृत्यु भएको छ । यसबाट ४ हजारभन्दा बढी मानिसहरु संक्रमित भएका छन् । अहिलेसम्म १६ वटा देशमा कोरोनाको संक्रमण भेटिएको छ ।  नयाँ पत्रिका बाट

तपाईको प्रतिक्रिया