राजस्थानससँग कोलकाता पराजित

काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले कोलकाता नाइड राइडर्सलाई ६ विकेटले पराजित गरेको छ।

गएरातिको खेलमा कोलकाताले राजस्थानलाई जितका लागि १३४ रनको लक्ष्य दिएको थियो। जबाफी ब्याटिङमा उत्रिएको राजस्थानले ४ विकेट गुमाउँदै उक्त लक्ष्य पूरा गर्‍यो।

राजस्थानका लागि कप्तान सन्जु सामसनले सर्बाधिक अविजित ४२ रन बनाएका थिए भने डेविड मिलरले अविजित २४ रन बनाए। कोलकाताका बलर वरुण चक्रवर्तीले २ विकेट लिए भने शिभम माभी र प्रसिद् कृष्णले एक एक विकेट लिए।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको कोलकाताले २० ओभरमा ९ विकेट गुमाउदै १३३ रन बनाएको थियो। कोलकाताका लागि राहुल त्रिपाठीले सर्बाधिक ३६ रन बनाए भने दिनेश कार्तिकले २५, नितिश रानाले २२, शुभमन गीलले ११, पाट कमिन्सले १० रन बनाएका थिए।​

राजस्थानका बलर क्रिस मोरिसले सर्बाधिक ४ विकेट लिए भने जयदेव उनदकट, चेतन सकारिया र मुस्ताफिजुर रहमानले एक एक विकेट लिए।

जितसँगै राजस्थान २ खेलबाट ४ अंक जोड्दै छैठौं स्थानमा छ। अंक तालिकाको पुछारमा रहेको कोलकाताको २ अंक छ।

तपाईको प्रतिक्रिया