१० बैशाख २०७८, शुक्रबार

हुम्लाको सुर्याेदय मा.विमा सोलार जडान, विद्यालयका बार्षिक परीक्षा धमाधम

No description available.

मोहन सिंह ‘बावु’
हुम्ला, १० वैशाख । सुर्याेदय माद्यामिक विद्यालयमा नयाँ सोलार जडान गरिएको छ । विद्यालय प्रशासनको काम गर्दा पावरको आवश्यक पर्ने भएका कारण विद्यालयमा सोलार जडान गरिएको विद्यालयले जनाएको छ । विद्यालयमा पहिले सोलार भएपनि वादल लागेको समयमा पावर जाने घाम लागेको दिन मात्रै काम गर्ने गरेको थियो ।

विद्यालयमा वैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रको प्रधान कार्यलय ललितपुर र सुर्याेदय माद्यामिक विद्यालयको सम्झौता अनुसार शुक्रबार केन्द्रले विद्यालयमा अनुदान स्वरुप कैजन कम्पनीको १ सय ५० एम्पीएरका ८ ओटा प्यानल १ सय ५० एम्पीएरका ८ ओटा व्याट्री गरी २ किलो वाटको सोलार विद्यालयमा पु¥याई प्रर्वद्धन केन्द्रको आफ्नै प्राबिधिकद्धारा जडान गरेको हो । यस्तै, यस क्षेत्रका चार वटा मावि मध्ये तिन वटा मा.विमा कक्षा १० को वार्षिक परिक्षा सञ्चालन गरिएको छ ।

जसमा सुर्याेदय माबि, ज्ञानोदय माबि, कैलासपुरी माबि र सल्लाघारी माबि गरी तिन वटा माबि भएको यस अदानचुली गाउपालीकामा परिक्षा सञ्चालन गरिएको छ ।

जसमा सल्लाघारी माद्यामिक विद्यालयमा भने अगं्रेजी बिषयको प्राबिधिक समस्याका कारण शुक्रबार स्थगित गरेर अन्तिम दिनमा गरिने बताईएको छ । अरु विषयको भने नियमित रुटिङ्गको अधारमा हुने प्रअ ध्रमेन्द्र थापाले जानकारी दिए । प्रअ थापाले यस बिषयका समस्या भएको विद्यार्थी र अभिभावमा क्षमायाचना व्यक्त गरे ।