१० बैशाख २०७८, शुक्रबार

हुम्ला प्रवेशका मुख्य नाकामा कडाई

सिमकोट विमानस्थल र तीन पैदल मार्गमा चिकित्सक खटाईने

No description available.
मोहन सिंह ‘वावु’
हुम्ला,१० वैशाख । जिल्ला प्रवेशका मुख्य नाका सिमकोट बिमानस्थल र तीन वटा अन्य पैदल मार्गका नाकामा कडाईका साथ निगरानी बढाईने भएको छ । हुम्ला प्रवेश गर्ने मुल्य स्थान नेपालगञ्ज र सुर्खेतमा कोरोना भाईरसको प्रकोप बढेपछि जिल्लामा सावधानी अपनाउने निर्णय गरिएको हो । जिल्ला कोभिड विपद् व्यवस्थापन कमिटिको शक्रुवार बसेको बैठकले कोरोना भाईरसबाट बच्नका लागि कडाई रुपमा सावधानी अपनाउने निष्कर्षमा कमिटी पुगेको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए । यसका लागि सिमकोट विमान स्थलमा एक जना चिकित्सकको नेतृत्वमा स्वास्थ्यकर्मी सम्मिलित टोलीले कडा निगरानी तथा चेकजाँच गर्ने गरिने भएको छ । त्यसैगरि अन्तर प्रदेश जोड्ने ताँजाकोट गाउँपालिकाको कवाडी, सर्केगाड गाउँपालिकाको बालुकुना, अदानचुलि गाउँपालिकाको भिई र चंखेली गाउँपालिकाको रिमीमा हेल्थ डेस्क तत्काल स्थापना गरि चेकजाँच सुरु गरिने छ । त्यसै गरि जिल्लमा प्रबेश गर्ने नागरिकको तीन पुस्ते विवरण, बसोवास गर्ने ठेगाना र सम्पर्क नम्बर अनिवार्य रुपमा हेल्थ हेस्कमा राखिने भएको छ । हेल्थ डेस्कमा विवरण राखिएको ब्यक्तिलाई पहिलो दश दिनसम्म अनिवार्य स्वास्थ्यकर्मीको सम्पर्कमा राखिने प्रजिअ आर्चायले बताए ।

जिल्ला जिल्ला स्तरको र अन्य सबै पालिकामा क्वारिटिन तथा आईसोलेशन स्थापना तत्काल गरिने भएको छ । कोरोना संक्रमण बढी रहेका बेला जिल्ला अस्पतालमा भने तीन बेडको आईसोलेशन रहेको र अन्य उपचारका सामाग्री नभएको डाक्टर टसी आङ्जु जानकारी बताए । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख दान बहादुर रावत, सिमकोट गाउँपालिका अध्यक्ष पदम बहादुर लामा, खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्ण रावल चार वटै सुरक्षा निकायका प्रमुखहरु लगाएको उपस्थिती रहेको थियो ।