नेपालमै बन्यो यस्तो मोटरसाइकल


काठमाडौं । नेपाली युवा इन्जिनियरहरुको समूहले बनाएको पी-० नामक यात्री मोटरसाइकल सार्वजनिक गर्ने अन्तिम तयारी थालिएको छ ।

आगामी बैशाख १० गते सार्वजनिक गर्ने बताइएको पी-० नामक यात्री मोटरसाइकलको भिडियो सार्वजनिक भएको छ ।

सिंगल चार्जमा २३० किलोमिटरको रेन्ज दिने सो मोटरसाइकलले ४८ किलोवाट अर्थात ६४ एचपीको पावर दिने बताइएको छ । मोटरसाइकलको मूल्य अहिले सार्वजनिक गरिएको छैन् ।

तपाईको प्रतिक्रिया