कविता : क्रान्तिकारी सिपाही हुँ म !

 

No description available.

जाजरकोटी सन्दर्भ घायल

क्रान्ति र विद्रोहको संघर्षमा उथलपुथल
खेपिरहेको सिपाही हँु म ।
दमन शोषण अन्याय अत्याचार
लाई खेपेर आएको यात्री हो
दास्ताको अधिनमा रमाउँदैन
आएको सिपाही हुँ म ।

जुझारु क्रान्तिकारी कहिल्यै पनि झुक्दैन
बरु शासकहरुले छातीमा भाला रोप्दा
गोली बम बारुद र तोप सोला बर्साउँदा
जेलनेल गिरफ्तार अनि हड्कड्डी लगाउँदा
कयौं यातना कष्ट दिंदा पनि नडराउने यात्री हँु म ।

आफ्नो निष्ठा प्रतिबद्धता उद्धेश्य बाट
गिर्दैन जुझारु क्रान्तिकारी भएर जन्मेको छु ।
लड्दा लड्दै बोलिरहेको जनयुद्धको
अस्थाहरु बोल्दा बोल्दै हिडिरेको सिपाही हँु म ।

नयाँ समाज रुपान्तरणको यात्रामा
बिद्रोह र बलिदान र बिजयको यात्रामा
आस्था र निष्ठा प्रतिबद्धता को यात्रामा
झुक्ने छैन रणमैदानको यात्रामा
जुझारु क्रान्तिकारी सिपाही हुँ म ।

देशको स्वाभिमान लाई शिरमा राखी
जिम्मेवारीमा कहिल्यै पनि चुक्दैन
बिस्तावादीहरु सामु झुक्दैन
बरु आफ्नो ज्यानको आहुती
दिन तत्पर हुने सिपाही हुँ म ।

आफ्नो राष्ट्रिय स्वाधीनता
जोगाउनका निम्ति
क्रान्तिका राप र तापहरु खेप्न तयार
जुझारु क्रान्तिकारी यात्री भएर लाग्ने
कम्युनिष्टको बिचार बाट कहिल्यै पनि
गल्दैन् पनि वीर योद्धाको सिपाही हँु म ।

बरु देशको लागि सहिद हुन
तयार भएर आएको योद्धा हो म
घाइते भएर पनि जिबनसँग
हार नखाने सपुत हुँ
एकीकृत क्रान्तिको बाटो नितान्त छ ।
तर म पछि कहिल्यै नझुक्ने सिपाही हँु म ।

लेखक हाल वैदेशिक राेजगारीकाे शिलसिलामा मलेसिया हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया