भेरी अस्पतालमा पाँच सय ६८ नमुना परीक्षण गर्दा तीन सय ९८ जनामा कोरोना पुष्टि

unn.prixa.net

बाँके – नेपालगञ्जको भेरी अस्पतालमा सङ्कलन गरिएका नमुनामध्ये ७० प्रतिशतभन्दा धेरैमा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो ४८ घण्टामा पीसीआर परीक्षण गरिएका पाँच सय ६८ नमुनामध्ये तीन सय ९८ जनामा कोरोना सङ्क्रमण देखिएको अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार मङ्गलवार (आज) एक सय ९३ वटा नमुना परीक्षण गर्दा एक सय ७९ जनामा कोरोना देखिएको छ । यस्तै सोमवार (हिजाे) तीन सय ७५ पीसीआर परिक्षण गर्दा दुई सय १९ जनामा कोरोना देखिएको थियो ।

तपाईको प्रतिक्रिया