कुशेमा अपांगता परिक्षण तथा परिचयपत्र वितरण शिविर सञ्चालन

No description available.
सुरिता बस्नेत
जाजरकोट, ५ वैशाख । जिल्लाको कुशे गाउँपालिकामा अपांगता परिक्षण तथा परिचयपत्र वितरण शिविर सञ्चालन गरिएको छ । गाउँपालिकाको आयोजना, सेभ द चिल्ड्रेन, तथा पहाडी क्षेत्र विकास अभियान जाजरकोटको सहयोग र कोहलपुर मेडिकल कलेजको प्राविधिक सहयोगमा सञ्चालन गरिएको हो । गाउँपालिकाको वडा नं ५ जहरगाउँमा ब्यानगर पढी आईतबार गाउँपालिका अध्यक्ष हरीचन्द्र बस्नेतले उद्धघाटन गरेका छन् ।

वडा नंं ८ को छेडाबजारमा ५ गते शिविर सम्पन्न भैसकेको छ भने कुशे ३ टापुचौर मा ६ गते संचालन हुनेछ । ४ र ५ गते जहरगाउँ र छेडामा संचालन गरिएको शिविरमा करिव ३ सय ५० जना अपाङ्गता भएका तथा विभिन्न किसिमका स्वास्थ समस्या भएका बालबालिका, वयस्क तथा बृद्ध÷बृद्धाहरुले स्वास्थ परिक्षण गरेर सेवा लिएका छन् । उक्त शिविरमा गाउँपालिका द्वारा अपाङ्गता भएका ब्यक्तिहरुलाई परिचयपत्र समेत बितरण गरिएको छ ।

No description available.

गाउँपालिकाद्वारा संचालन गरिएको कार्यक्रमलाई प्रभावकारी र सेवामुलक बनाउनका लागि कुशे गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले शिविरको अनुगमन गरि कार्यक्रम प्रभावकारिताका लागि समय समयमा पृष्ठपोषणा दिदै आईरहनु भएको छ । उक्त ३ वटा स्थानमध्ये २ वटा स्थानमा सिबिर सम्पन्न भैसकेको उक्त कार्यक्रमा शारीरिक अपाङ्गता र दृष्टि सम्बन्धी अपाङ्गता भएका ब्यक्तीहरुका लागि विशेष जोड दिदै संचालन गरिएको थियो कार्यक्रमको अन्तिम दिन वैशाख ६ गते टापुचौरमा सम्पन्न हुने पहाडी क्षेत्र बिकास अभियान जाजरकोटका कार्यकारी निर्देशक रण बहादुर कार्कीले बताए ।

तपाईको प्रतिक्रिया