५ बैशाख २०७८, आईतवार

चौरजहारी अस्पतालका एक डाक्टर पक्राउ

unn.prixa.net
रुकुम पश्चिम । चौरजहारी अस्पतालमा कार्यरत एक जना डाक्टर पक्राउ परेका छन् । अस्पतालका डा. दीपेन्द्र गौतमलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले आइतबार अस्पतालबाटै पक्राउ गरेको हो ।

शैक्षिक योग्यताको प्रमाणपत्र सम्बन्धी मुद्दामा गौतमलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । लिखत सम्बन्धी मुद्दामा जिल्ला अदालत काठमाण्डौको पक्राउ आदेशपछि उनलाई पक्राउ गरिएको हो । मनाङको कामे गाउँपालिका ५ का डा. गौतममाथि एसएलसीको शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते रहेको अभियोग उनी माथि छ ।