५ बैशाख २०७८, आईतवार

दैलेखमा एक जना कोरोना संक्रमितको मृत्यु


दैलेख : दैलेखमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा दुल्लु नगरपालिका–२ का ३२ वर्षीय पुरुष छन् ।

दुल्लु नगरपालिकाका नगर प्रमुख घनश्याम भण्डारीले भारतबाट कोरोना पुष्टि भएर आएका ति पुरुषको शनिबार बिहान मृत्यु भएको जानकारी दिए ।

शनिबार नै उपचारका लागि दुल्लु अस्पतालमा भर्ना गरिएका ति युवकको दिउँसो २ बजे मृत्यु भएको नगर प्रमुख भण्डारीले जानकारी दिए । ति युवक हिजो शुक्रबार भारतबाट दुल्लु आएको बुझिएको छ।