शिवालय : शिक्षकको क्षमता विकास तालिम

शिवालय गाउँपालिकामा प्रारम्भिक तह पढाइ कार्यक्रम शुरुजाजरकोट, ४ वैशाख । आधारभुत तहका शिक्षकको क्षमता विकासका लागि शिवालय गाँउपालिकामा कार्यरत शिक्षकहरुलाई प्रारम्भिक तह पढाई तालिम प्रदान गरिएको छ । सेभ द चिल्डे«नको सहयोगमा पाँचतारा युवा संरक्षक मञ्चले शिवालय गाउँपालिकाका ३८ वटा विद्यालयहरुमा ५ दिने तालिम सम्पन्न गरेको हो ।

पालिका भरिका सबै कक्षा १–३ सञ्चालित विद्यालयहरुलाई दुई समुहमा विभाजन गरे गरेर तालिम दिदै गर्दा पहिलो चरणमा २५ बटा विद्यालयका ६० जना शिक्षकलाई गत चैत्र २४ देखि २८ सम्म तालिम दिइएको थियो ।

दोस्रो चरणमा भने १३ वटा विद्यालयका करिव ४० जना शिक्षकहरुको सहभागिता रहेकोे शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख मानबहादुर बस्नेतले बताए । उक्त तालिममा धेरै वर्ष शिक्षण पेशा तथा स्रोत ब्यक्तिको पदमा रहनु भएका प्रशिक्षक मनिराम पोखरेल तथा योगेन्द्र आर.सीे दिएका थिए । तालिमको ब्यबस्थापन पाँचतारा युवा संरक्षण मञ्चका अनुप थापा तथा कुल बहादुर नेपाली गर्नु भएको थियो ।

यस पालिकाका करिब ९० जना शिक्षक कर्मचारीहरुलाई दिइएको तालिममा शिक्षकहरुको सहभागिता तथा उत्साह अधिक रहेको थियो । शिक्षण सिकाइको पक्षलाई तिखार्न र प्रभावकारी बनाउन तथा शिक्षणकर्मीहरुको ज्ञान, सिप तथा पेशागत वृद्धि विकासको पाटोमा आमूल परिर्तन गर्ने गर्ने तालिमको मुल उद्देश्य चाही कक्षा एक तीनका कलिला बालवालिकाहरुको पठन सिपको विकास गरे । दुई चरणको तालिममा दुई पटक नै विद्यालयमा स्थलगत विद्यालयमा नै उपस्थित भएर सिकाइको पक्षलाई नियमन गरिएको थियो ।

करिब १९ सय ३९ प्रकारका शिक्षण सिकाइ सहजिकरणलाई प्रभावकारी बनाउने शिक्षण सिकाइ सहजिकरण सम्बद्ध सामाग्रीहरु विद्यालयहरुलाई वितरण गरेकोमा उक्त मञ्च प्रति हार्दिक आभार समेत ब्यक्त गर्नु भयो । त्यति मात्र होइन प्रति विद्यालयलाई १६ वटा फल्यास चार्ट समेत वितरण गर्नेले त्यसको प्रभाव शिक्षा क्षेत्रमा पर्नेमा आफू विश्वस्थ भएको बताए ।

आफुने आफु शिक्षण पेसामा रहदा लिएको टि.पी.डी तालिम भन्दा पनि सो मञ्चले दिएको पठ्न सिप तालिम अति नै प्रभावकारी पाएको शाखा प्रमुख बस्नेतले बताए ।

संघ सरकार तथा स्थानिय सरकारको नजरमा ओजेल परेको शिक्षक तालिक विभिन्न संघ संस्थाको नजरमा पर्नूमा शिक्षा क्षेत्रमा संघ संस्थाको भुमिका सकरातमक पाएको समेत प्रमुख बस्नेतको भनाई छ ।

उक्त तालिममा पठ्न सिप विकासका लागि ६ वटा स्तर तथा ३५ वटा खुट्टकिला पार गरेपछि मात्र कक्षा ३ मा अध्यानरत सिकारु कक्षा ४ मा जान उक्ति संगत हुने गरि सोही अनुसारका किर्याकलापहरु बढो उत्साहजनक तरिकाले भएका थिए ।

तपाईको प्रतिक्रिया