दुई स्थानीय तहलाई लक्षित गरी आठविसकोटमा जनगणना कार्यालयको स्थापना


टेकराज पुन
आठविसकोट । प्रत्येक दश दश वर्षको अन्तरमा हुने राष्ट्रिय जनगणना सफल बनाउन सरकारले तयारी थाल्न सुरु गरेको छ । यसै अन्र्तरगत रुकुम पश्चिमको आठविसकोट नगर पालिकामा पनि यहि अभियानको सन्दर्भमा बाँफिकोट गाँउपालिका र आठविसकोट नगरपालिकालाई लक्षित गरी आठविसकोट नगरपालिकाको राडी ज्यूलामा रहेको इलाका प्रहरी कार्यालय नजिकै शुक्रबार औपचारिक रुपमा स्थानीय जनगणना कार्यालय स्थापना गरिएको स्थानिय जनगणना अधिकारी मानबहादुर बुढाथोकीले जानकारी दिए ।

 उनका अनुसार  राष्ट्रिय जनगणना २०७८, स्थानिय जनगणना कार्यालयको कार्यतालिका पनी सार्वजनिक भएको छ । कार्यतालिका अनुसार कार्यालय स्थापना गर्ने , बैशाष २ गते देखी बैशाष ५ गते सम्म स्थानिय समन्वय समितीको गठन तथा पहिलो वैठक वस्ने , स्थानिय तहमा सचेतता गोष्टी सञ्चालन गर्ने , गणना कार्यको अनुगमन तथा सुपरिवेक्षण तथा प्रसार प्रचार लगायतका महत्वपुर्ण धेरै कुराहरु कार्यतालिकामा सार्वजनिक गरिएको छ ।

गणनाका लागी आवश्यक सम्पुर्ण प्रश्नावली तथा फारमहरु, झोला, छाता , टोपी , रातो र निलो , डटपेन , नोटप्याड तथा अन्य सामग्रीहरु केन्द्रिय तथ्याङक विभागले प्याकिङ गरी प्रदेश÷ जिल्ला जनगणनामा पु¥याउने ब्यवस्था गर्ने भएको छ ।

अव हुने १२ औँ जनगणनामा सवै नागरिकहरुले सत्य तथ्य विवरण गणक तथा सुपरिवेक्षकलाई दिनुहुन पनी बाँफिकोट गाँउपालिका तथा आठविसकोट नगरपालिकाका नागरिकहरुलाई आग्रह गरिएको अधिकारी बुढाथोकीले बताए ।

राष्ट्रिय जनगणना २०७८, नेपालको बाह्रौं जनगणना हो । नेपालमा वि।सं १९६८ सालदेखि जनगणना प्रारम्भ भएको हो । मेरो गणना, मेरो सहभागिता’ नारासहित २०७८ जेठ २५ गतेदखि असार ८ गते ९ पन्ध्र दिनमा देशभरि एकसाथ जनगणना हुनेछ । यसपालि करिव ७० लाख परिवारकाे अनुमान गरिएकाे छ ।

तपाईको प्रतिक्रिया