खडेरीले गहुँ बाली नष्ट : किसान भन्छन्, ‘के खाएर बाँच्ने ?’

जनक चन्द “ऋृतु”
जाजरकोट, २ वैशाख । लामो खडेरीले हिउदे बाली नष्ट भएपछि कुशे गाउँपालिकाका स्थानीय छाक टार्न मुस्किल हुने भन्दै चिन्तित बन्न थालेका छन । जाजरकोट कुशे गाउँपालिका वडा न.८ को बिजुलीडाँडा टोलमा मकै त सलह किराले नष्ट गर्यो गर्यो फेरि गहुँ बाली पनि खडेरीले नष्ट भएपछी स्थानीयलाई छाक टार्न मुस्किल भएको छ ।

२०७७ सालको जेठ महिनामा सलह किराले मकै, भटमास, कोदो, फापर , सिमी लगायतका खाद्यान्न बाली सबै सखाप पारिदिएपछि बीउ जोगाउनै मुस्किल भएको थियो । उक्त टोलमा फेरि गहुँ, जौ बाली पनि खडेरीले उत्तिकै नष्ट भएको छ । स्थानीय भिम राज आर.सी. भन्छन, ‘पानी परेन गाउँमा सिचाई छैन, संघ, प्रदेश तथा स्थानीय सरकार नगुहारेको होइन तर पनि बेवास्ता गरिएको छ ।

कोरोनाको कारणले छिमेकी देश भारत कमाउन र परिवार पाल्न जाने वातावरण छैन यस्तै हो भने भोकमरी बढ्ने संभावना बढी रहेको भन्दै स्थानीय चिन्तित छन् । ४८ घरधुरी रहेको उक्त टोलमा कुल जनसंख्या २८१ छ भने करीब १२ सय रोपनी जग्गामा बाली खडेरीले नष्ट पारेको बताइएको छ ।               #लालआवाज#

तपाईको प्रतिक्रिया