सल्यान पुगेर सांसद शाहले भने, ‘अव कर्णालीमा नयाँ सरकार बन्छ’


सल्यान, २ वैशाख । सल्यानको पश्चिम क्षेत्र बनगाड कुपिण्डे नगरपालिका वडा, ५ को कफ्लेनिमा नयाँ वर्षको अवसर पारी युवाहरुद्वारा आयोजित खेलकुद प्रतीयोगिताको उद्घाटन गरिएको छ । नगरको उच्च भुभागमा आयोजित भलिबल खेलकुद प्रतियोगिताको नेकपा एमाले कर्णाली प्रदेश इन्चार्ज तथा प्रदेश सांसद गुलाव जंग शाह, नगर प्रमुख गोविन्द कुमार पुन लगायत त्यहाँ पुगेर शुभकामना आदान प्रदान तथा खेल उद्घाटन गरिएको छ ।

कार्यक्रम वोल्दै सांसद शाहले नगरको उच्च भुभागमा रहेको लाँखर, मैनेनि,कफ्लेनि,स्याला लगाएतका क्षेत्रमा आफ्नो पहल र नगर प्रमुख पुनको अग्रसरतामा सडक सञ्जाल जोडिएको बताए । त्यसै गरि लाँखर र कफ्लेनिमा लिफ्ट खानेपानीले पुर्णता पाउने जनाएको छ । कर्णाली प्रदेशमा नयाँ वर्षको आगमनसँगै नयाँ सरकारको धुप वढिरहेको भएता पनि आफ्नो निर्वाचन क्षेत्रमा ध्यान गएको वताएको छ । खानेपानी गाउँमा पुगिसकेको र अब व्यवस्थापनको लागि थप वजेट विनियोजन हुने जनाएको छ । सामुदायिक स्वास्थ्य इकाई भवन,विद्यालयमा थप दरवन्दी ,विद्यालयमा भवन निर्माण,खानेपानी व्यवस्थापन , सडक स्तरवृद्दि,वत्तिको लागि प्रक्रिया अघि वढाउने सांसद शाह र नगर प्रमुख पुनले त्यहाँका नागरिकसँग फेरि पनि प्रतिवद्धता जनाएको छ ।

नयाँ वर्षको अवसरमा कफ्लेनिमा एचपि युथ ग्रुपले आयोजना गरेको खेलकुद प्रतियोगितामा संसद शाह,नगर प्रमुख गोविन्द कुमार पुन,जिल्ला समन्वय समिति सदस्य आषा वलि,नेकपा एमाले नगर इन्चार्ज अकबर पुन,नगर अध्यक्ष गञ्जमान वुढा,नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य उषा वलि,नेकपा माओवादि केन्द्रका पिउपर खत्री,खेलकुद प्रतियोगिताका संयोजक हस्त पुन,युवा संघका विवेक पुन,वडा सदस्य कुलवहादुर खत्री लगाएतका बक्ताले धारण राखेका थिए । एचपि गुप्रका अध्यक्ष मानवहादुर खत्रीको सभाअध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन हिरालाल रानाले गरेका थिए ।साथै स्थानीयले प्रदेश संसद शाहलाई सडक,खानेपानी,विद्यालयको यावत समस्या,विधुतिकरण,स्वास्थ्य इकाई भवन लगाएतका विकास निर्माणका सवालमा माग पत्र पेस गरेका थिए ।

तपाईको प्रतिक्रिया