आज एकैदिन ६ सय ३ जना कोरोना सङ्क्रमित थपिए

काठमाडाै : नेपालमा आज एकैदिन ६ सय ३ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ४ हजार २ सय ८९ जनाको पीसीआर परीक्षणबाट ५ सय ८० जना र ४ सय ५१ एन्टिजेन परीक्षणबाट २३ जना गरी ६ सय ३ जनामा सङ्क्रमण देखिएको बताउनुभयो । यो संख्या पछिल्ला केही महिना देखिको उच्च हो ।

थपिएकामा काठमाडौं उपत्यकाका मात्रै २ सय ५४ जना हुन् । जसमा काठमाडौंका १ सय७३, ललितपुरका ६१ तथा भक्तपुरका ३२ जना छन् ।

हाल नेपालमा ४ हजार ५६ जना सक्रिय सङ्क्रमित रहेका छन् । तीमध्ये ८० जना आईसीयूमा र २५ जना भेन्टिलेटरमा रहेका छन् । १ सय २९ जना आज कोरोनामुक्त भएका छन् । यो संख्या कुल संक्रमितको ९७ दशमलव ५ प्रतिशत हो ।

 

 

तपाईको प्रतिक्रिया