
जाजरकोट, ३१ चैत्र । मालिका सामुदायिक सेवा केन्द्रको १७ औँ बार्षिक उत्सव मनाईएको छ । मंगलबार जिल्ला समन्वयन समितीको सभाहलमा एक कार्यक्रमका विचमा बार्षिक उत्सव मनाईएको हो ।
समाज रुपान्तरणमा निरन्तर सेवा प्रवाह गरिरहेको संस्थाको बार्षिक उत्सवमा जिल्ला समन्वयन समितीका उप—प्रमुख ज्ञानीप्रसाद शर्मा, प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद देवकोटा, प्रहरी प्रमुख

मधु कुमार थापा, सशस्त्र प्रहरी वल जाजरकोटका प्रमुख महेश भण्डारी, नेपाली सेना जाजरकोटमा प्रमुख, भेरी नगरपालिका ४ का वडाध्यक्ष खम्बजंग शाह, पत्रकार महासंघ जाजरकोटका अध्यक्ष बालकुमार शर्मा, उद्योग बाणिज्य महासंघ जाजरकोटका प्रतिनिधी मुकुन्द शर्मा लगायत आमा
समुहका प्रतिनिधी गरी १ सय भन्दा बढीको सहभागिता रहेको अध्यक्ष विर्खबहादुर कार्कीले बताए । नेपाल प्रहरी संगको साझेदारीमा सञ्चालित केन्द्रले जाजरकोटको शान्ती, सुरक्षा, अमन चयनमा राम्रो कार्य गर्दै आएको बोल्ने वक्ताहरुले बताएका थिए । अव जिल्लामा सञ्चालित आमा समुहलाई सक्रिय पारी समाजका विकृतिका विरुद्धमा लड्ने अध्यक्ष कार्कीको भनाई छ ।
















































। ३१ चैत्र २०७७, मंगलवार