
कालीप्रसाद थापा
बारेकोट, २९ चैत्र । बारेकोटका वडास्तरमा खोप तथा सरसफाई प्रर्वद्धन समिक्षा सम्पन्न भएको छ । पुर्ण खोप सुनिश्चितता तथा दिगोपन कार्यक्रम स्वास्थ शाखाको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
बालबालिकाहरुमा हेपाटाइटिस रोगको नियन्त्रण, औसत आयुमा वृद्धि गर्ने, मातृशिशु स्याहार कार्यक्रमलाई प्रभावकारी तुल्याउने, खोपबाट बचाउन सकिने रोगहरुलाई नियन्त्रण गर्ने, सम्पुर्ण जिल्ला, वडापालिका पुर्ण खोप निश्चितता कायम गर्ने, वडा तथा पालिका स्तरको पुर्ण खोप समिक्षा कार्यक्रमलाई निरन्तरता दिने जस्ता उदेश्यहरुमा व्यापक छलफल गरिएको स्वास्थ्य शाखा प्रमुख वीरराज सिंहले जानकारी दिए ।

नेपाल भित्रका अझै २२ प्रतिशत बालबालिकाहरुले खोप सेवा प्राप्त नगरेकोले खोज र खोप भन्ने नारा सहित घरधुरी सर्वेक्षण कार्यक्रम प्रत्येक बर्षको माघ, फाल्गुन र चैत भित्र गरी सक्नुपर्ने र बि.सी.जी. रोटा पहिलो दोश्रो,ओपिभी पहिलो दोश्रो, एफआईपिभी पहिलो दोश्रो पिसीभी प्रहिलो दोश्रो,डीपीडी पहिलो दोश्रो लगायत नौ प्रकारका खोप प्रतिवेदनहरु रामीडाँडा, सेपुखोला ,लिम्सा र नायकवाडाले प्रस्तुत गरेका थिए ।
१६ देखि २३ महिना सम्मका बालबालिकालाई खोप अनिवार्य खोप दिनुपर्ने वडा समन्वय समितिले प्रमाणिकरण गरी पालीकास्तरमा पेश गरी जिल्ला अस्पतालले प्रमाणिकरण उपयुक्त ठानेमा खोप कार्यक्रम घोषणा गर्ने लक्ष्य रहेको सिंहले बताए । वाल मृत्युदर घटाउन, जन्मदर घटाउन बाल विवाहका कारण वा २० बर्ष मुनिका रामीडाँडामा ४३ जोडी रहेको र बारेकोटभरि अनुमानित ७० देखि ७५ जोडी रहेको कुरा चुनौती रहेको रामीडाँडा स्वास्थ्य चौकीका इन्चार्ज विष्णु ज्योतीले बताए ।
















































। २९ चैत्र २०७७, आईतवार