
पोखरा — १९ औं आहा-रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि संकटा क्लबले जितेको छ । शनिबार भएको फाइनल खेलमा टाइब्रेकरमा अफ्रिकन रूट्स एसोसिएसनलाई ४-२ गोल अन्तरले पराजित गर्दै संकटाले पहिलो पटक उपाधि उचालेको हो ।
जितको खुसीयाली मनाउँदै संकटाका खेलाडीहरु । तस्बिरः दीपक परियार,कान्तिपुर
संकटाका लागि अमित तामाङ, सुवास गुरूङ, नीरज बस्नेत र आयुष घलानले गोल गरे । अफ्रिकन रूट्सका के यानिक र रिमले मात्रै गोल गरे ।
निर्धारित समयमा १-१ को बराबरी पछि अतिरिक्त ३० मिनेट समय थपिएपनि दुवैतर्फबाट कुनै गोल हुन नसकेपछि खेल ट्राइबेकरमा धकेलिएको थियो ।
पहिलो हाफको १० औं मिनटमा अफ्रिकन रूट्सका बास्सेकले गरेर टिमलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ५० औं मिनटमा संकटाका लागि विदेशी खेलाडी ग्लोरीले गोल गर्दै खेल बराबरीमा फर्काएका थिए ।
















































। २८ चैत्र २०७७, शनिबार