बारेकोटमा  बस पुगेपछि……

No description available.
जाजरकोट, २७ चैत्र । जाजरकोटको बारेकोट गाउँपालिका – ६ कार्कीज्युलामा पहिलो पटक डिलक्स वस पुगेको छ ।

सदरमुकाम खलंगा, रिम्ना, कालिमाटी हुदै प्रदेश ५ – ००५१ – ०३००१ नम्बरको बारेकोट डिलक्स नामक कार्कीज्युला पुगेको हो । उक्त बसलाई स्थानीयहरुले फुलमाला सहित स्वागत समेत गरेका छन् ।

कुनैवेला रिम्ना, कालिमाटी, चिसापानीबाट हिँडेर कार्कीज्युला पुग्ने गरेको अहिले सहज यात्रामा जोडिन पाउँदा खुसी भएको स्थानीय कालीबहादुर कार्कीले बताए । कार्कीज्युला मात्र होइन, बारेकोटका अधिकांश वडाहरुमा पुग्ने क्रममा रहेको गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहले बताए ।

तपाईको प्रतिक्रिया