वनबाट फैलिएको आगोले बराहतालको नौ घरमा क्षति

सुर्खेत : बराहताल गाउँपालिका-९ सिस्नेरी बस्तीमा आगलागीबाट नौ घर जलेको छ। बिहीबार अपराह्न चार बजेतिर आगलागी भएको हो। आठ घर पूर्णरूपमा जलेर नष्ट भएको र एउटा आशिंकरूपमा जलेको वडाध्यक्ष युवराज कार्कीले जानकारी दिए। उनका अनुसार हरियाली सामुदायिक वनमा लागेको डढेलो बस्तीमा सल्किएको हो।

‘बस्तीबाट नजिकै रहेको वनमा लागेको आगोले सिधै बस्तीमा भेट्टाउँदा घर जलेका हुन्,’ वडाध्यक्ष कार्कीले भने, ‘प्रहरी र स्थानीयवासी खटिएपछि अहिले आगो निभाइएको छ।’

सिस्नेरी गाउँमा झण्डै १८ घरधुरी छन्। आगलागीबाट पीडितहरुलाई तत्कालका लागि खाद्यान्न वितरण गरिएको वडाध्यक्ष कार्कीले जानकारी दिए।

तपाईको प्रतिक्रिया