राष्ट्रपति रनिङ शिल्ड एवं चौथो मेयर कपको उपाधी शितल माविकाे हातमा


रुकुम पश्चिम  :  रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा गत चैत ११ गतेदेखि संचालन रनिङ शिल्ड शनिबार सम्पन्न भएको छ। राष्ट्रपति रनिङ शिल्ड एवं चौंथो मेयर कपको उपाधी
श्री शितल माध्यमिक बिद्यालय चौरजारीले विभिन्न बिधामा कुल १६ स्वर्ण पदक ५ रजत पदक र २ कास्य पदक सहित उत्कृष्ट भएर रु १ लाख ५१ हजार नगत राशी सहित प्रथम स्थान हासिल गरि शिल्ड (ट्रफि) उचाल्न सफल भएको छ। त्यसैगरि हिमालय मा बि खोलागाउँ स्वर्ण ३ रजत ४ सामुहिक भलिबल छात्र/छात्रा २ रिले छात्र/छात्रा २ सहित रु १ लाख १ हजार नगत धनराशि पुरस्कार प्राप्त गरेको छ।
सरस्वती मा बि घरेलिचौर स्वर्ण १
बालहित मा बि साक्चाखोला स्वर्ण १ रजत २ कास्य २
मा बि कोटजहारी स्वर्ण १ रजत ३ कास्य ४
जनकाल्यान मा बि रजत २
सरस्वती बोर्डिङ स्कुल रजत १ कास्य ४
मा बि खहरे स्वर्ण १ रजत ३ कास्य ४ कास्य सामुहिक भलिबल १
आधारभुत बिद्यालय स्यालखोला स्वर्ण ३ रजत १ रिले सामुहिक रजत १
कालिका आ.बि. लयँटा स्वर्ण १ रजत १ कास्य १
बाल बिद्या सदन बोर्डिङ स्कुल स्वर्ण १
आ.बि.नाखिरा स्वर्ण १ रजत २

आ.बि. मनकोट रजत १ कास्य १ चौरजहारी एकेडेमी स्वर्ण १ र आ.बि.भुवाटाकुरा कास्य १ जित्न सफल भएका छन् ।
समग्रमा मा.बि तर्फ प्रथम शितल मा.बि चौरजहारी नि.मा.बि.१-८ को आधारभुत बिद्यालय स्यालखोला प्रथम भएको छ त्यसैगरी आधारभुत बिद्यालय नाखिरा १-५ को प्रथम भएको छ।
शितल माध्यमिक बिद्यालय चौरजहारी नगत रु १ लाख ५१ हजार हिमालय माध्यमिक बिद्यालय

खोलागाउँ नगत रु १ लाख १ हजार माध्यमिक बिद्यालय कोटजहारी रु ६१ हजार ५ सय माबि खहरे रु ३८ हजार ५ सय माबि साक्चाखोला रु २२ हजार आबि स्यालखोला रु २७ हजार आबि नाखिरा रु १३ हजार माबि घरेलिचौर रु ५ हजार आबि लयाँटा रु २१ हजार चौरजहारी एकेडेमी रु ५ हजार आबि भुवाटाकुरा रु ३ हजार आबि मनकोट रु ७ हजार भ्याली पब्लिक बोर्डिङ स्कुल रु २० हजार बाल बिद्या सदन रु ५ हजार आबि जोगिनेटा रु ८ हजार र सरस्वती बोर्डिङ स्कुलले रु ४ हजार नगत प्राप्त गर्न सफल भएका छन् ।

चौरजहारी नगरपालिका भित्रका निजि तथा सामुदायिक गरि कुल १६ बिद्यालयले सहभागी जनाएका थिए । कार्यक्रमलाई समापन गर्दै चौरजहारी नगरपालिका उप प्रमुख भावना रोका ले खेलाडीहरुलाई उच्च सम्मान सहित ब्यवस्थापन समिती उप समिती प्रशिक्षक शिक्षक बिद्यार्थि सहभागी बिद्यालय र खेलमा प्रत्येक्ष सहयोग सहयोग पुर्याउने स्वयंसेवक लगायतलाई सम्मान पत्र प्रदान गर्नुका साथै

यसरी नगर जिल्ला प्रदेश हुँदै देश बिदेशमा चौरजहारीको नाम रोशन गर्न खेलाडीको महत्त्वपूर्ण योगदान रहने भएकोले स्थानीय सरकार बाट हुने सहयोग सदा रहने र आगामी दिनहरुमा यसरी नै रनिङ शिल्डलाई निरन्तरता दिने स्थानीय सरकारका तर्फबाट प्रतिबद्धता जाहेर गर्नुभयो ।

खेलमा हार जित हुने स्वभाबिक प्रक्रिया भएकोले अर्कोपटक अवश्य जितको लागी प्रयास गर्न सुझाव दिनुभयो साथै बिजेता बिद्यालय र सहभागी बिद्यालय सबैलाई धन्यवाद व्यक्त गर्दै चारदिने रनिङ शिल्डको समापन गर्नुभयो ।

तपाईको प्रतिक्रिया