
जाजरकोट, १३ चैत्र । शनिबार बिहान ७ बजेदेखि दिउसो २ बजेसम्म जाजरकोट सहित कर्णाली प्रदेशका तीन जिल्लामा विद्युत सेवा अवरुद्ध हुने भएको छ । कोहलपुर सुर्खेत १२३÷३३ के.भि प्रसारण लाईन अन्तर्गत कर्णालीका सुर्खेत, दैलेख, जाजरकोट र सल्यान जिल्लाका सम्पूर्ण क्षेत्रहरुमा विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण सुर्खेत वितरण केन्द्रले जनाएको छ ।
वितरण केन्द्रका अनुसार अत्तरीया ग्रिड शाखा अन्तर्गत रहेको कोहलपुर १२३÷३३ के.भि सवस्टेशनको ६३ एमभिए टान्सफर्मर १ को ३३ के।भी साईडको टान्सफर्मरदेखि बरबारसम्मको कन्डक्टरहरु बदलि (अपग्रेट) कार्य गर्न लागेकोले उक्त समयमा विद्युत सेवा अवरुद्ध हुने भएको हो ।

















































। १३ चैत्र २०७७, शुक्रबार