चौरजहारीमा राष्ट्रपति रनिङ शिल्ड तथा नगर प्रमुख कप सुरु

चौरजहारीमा राष्ट्रपति रनिङ शिल्ड तथा नगर प्रमुख कप सुरु 

रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड तथा नगर प्रमुख कपको उद्घाटन गरिएको छ । १३ औं राष्ट्रपति रनिङ शिल्ड तथा चौथो नगर प्रमुख कप वडा नं. २ स्थित शितल माध्यमिक बिद्यालयमा सुरु भएको हो । शिल्ड तथा नगर प्रमुख कपमा ४१ वटा बिद्यालयको सहभागिता रहेको छ । भलिबल, लामाे, छाेटाे दाैड, सटफुट, ज्याभलिङ थ्राे, हाइजम्प, लङ्गजम्प, हिसाब दाैड लगायतमा प्रतिस्प्रधा हुने छ ।

जिल्ला समन्वय समितिका प्रमुख राजकुमार शर्माले पानसमा बत्ती बालेर उद्घाटन गर्नुभयो । साथै उहाँ २ मिटर राँके दौड पनि दौडिनु भएको थियो । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख शर्माले जिल्लाको खेलकुद विकासका लागि सबैको हातेमालो आवश्यक रहेको बताउनुभयो । जिल्लालाई खेलकुदका माध्यमबाट पनि चिनाउनुपर्नेमा उहाँको जोड थियो । चौरजहारीमा ठुला खेल सञ्चालनका लागि खेलमैदान आवश्यक रहेकाले यसतर्फ आफुहरुको ध्यान केन्द्रीत रहेको उहाँको भनाई थियो ।

आजै जनप्रतिनिधि र कर्मचारी बिच भएको मैत्रीपूर्ण भलिबल प्रतियोगितामा कर्मचारी टिम बिजय भएको छ ।

तपाईको प्रतिक्रिया