
महाशिवरात्री तथा सेना दिवस २०७६को अवसरमा सदरमुकाम खलंगामा आयोजना गरिएको मैत्रीपुर्ण भलिवल खेल प्रतियोगिताको उपाधि स्थानीय खेलाडीको समुहले हात पारेको छ । सेना दिवसका अवसरमा जाजरकोटको स्थानीय समुह र राष्ट्रसेवक कर्मचारीहरुको समुहविच प्रतिष्पर्धा भएको थियो । मैत्रीपुर्ण भलिवल प्रतियोगितामा विजयी खेलाडीहरुलाइ भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गरे ।
प्रतियोगिताको विजेता स्थानीय खेलाडीको समुहलाइ मेडल प्रमाणपत्र र ट्रफी र उपविजेता राष्ट्र सेवकको समुहलाइ प्रमाणपत्र र मेडल प्रदान गरियो । नेपाली सेनाको जाजरकोट खलंगा स्थित ज्वालादल गण मालिका व्यारेकमा सन्चालन गरिएको मैत्रीपुर्ण भलिवल खेलमा जिल्लाको स्थानीय समुहले राष्टसेवकको समुहलाइ ३÷२को सेटमा पराजित गरेको हो । स्थानीय जनता र राष्ट्र सेवक कर्मचारीहरु विचको सम्वधमा मैत्रीभाव जगाउन र स्वास्थ्यका लागि खेलकुद भन्ने नारालाइ सार्थक वनाउन सेना दिवसका अवसरमा मैत्रीपुर्ण भलिवल प्रतियोगिता राखिएको नेपाली सेनाको जाजरकोट स्थित ज्वालादल गणका निमित्त गणपति सेनानी सुनीलविवक्रम शाहले वताए ।
उनले नेपालमा निकै गौरवपुर्ण इतिहास वोकेको नेपाली सेना दिवस सवै नेपालीको दिवस भएको वताए । उनले सेना दिवसलाइ सवैको सक्रिय सहभागिता र सहकार्यमा समाजमा हित हुने काम गरेर मनाइएको वताए ।
सेना दिवसका अवसरमा आयोजित मैत्रीपुर्ण भलिवल खेलवाट आफुहरुको प्रतिभा प्रस्फुटनमा सहयोग मिलेको स्थानीय खेलाडीहरुको समुहका खेलाडी विमल रोकायले वताए । उनले यस्ता अवसरहरुले आफुहरुलाइ खेल जगतमा लाग्न प्रेरणा मिल्ने वताए ।
कार्यक्रमा भेरी नगरपालिकाका मेयर घर्तीले सेना दिवसका अवसरमा खेलकुदको आयोजना गरिनु निकै राम्रो कुरा भएको वताए । नेपालको गौरवपुर्ण इतिहाससंग जोडिएको नेपाली सेनाको दिवस सेनाको मात्र नभएर आम नेपालीको दिवस भएको वताए । खेलकुदका माध्यमवाट स्वस्थ नागरिक निर्माणमा सहयोग पुग्ने भएकोले यस तर्फ सवैले उचित ध्यान दिनु पर्ने मेयर घर्तीले वताए ।
















































। ९ फाल्गुन २०७६, शुक्रबार