सल्यानकाे दानवाङमा आगलागी हुँदा दुई घर जलेर पूर्ण रुपमा नष्ट

चैत ६, सल्यान ।
सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर २ दानवाङमा आज बिहान आगलागी हुँदा दुई घर पूर्ण रुपमा जलेर नष्ट भएका छन् । अर्काे एक घरमा पनि सल्कीएको आगो स्थानीयले नियन्त्रणमा लिएका छन् ।

स्थानीय शुक बहादुर बुढा, खर्क बहादुर घर्ती र केशर घर्तीको घरमा आगलागी भएको हो । आगलागीबाट शुक बहादुर र खर्क बहादुरको घरमा भएका नगद, गरगहना संगै अन्नपात, लत्ता कपडा, भाँडाकुडा सबै जलेर नष्ट भएका छन् ।

श्रीमानले भखैरै विदेश बाट पठाएको रकम दुई लाख ५० हजार रुपैयाँ र एक तोला सुन आगलागीमा जलेको खर्क बहादुरकी बुहारी हेमा घर्तीले जानकारी दिइन् । यस्तै, शुक बहादुरले पनि आफ्नो घरमा भएको नगद १५ हजार रुपैयाँ जलेर नष्ट भएको बताए ।

आफुहरु तरकारी खेतीका लागि ६ दिन देखी दह भित्ता स्थित ज्युलामा भएको बेला घरमा आगलागी भएको उनले बताए । खर्क बहादुरको परिवार पनि तरकारी खेतीका लागि ज्युलामा बस्सदै आएका थिए । आगलागिको कारण भने खुल्न सकेको छैन । शुक बहादुरको घरबाट लागलागी शुरु भएको स्थानीयहरुले देखेका थिए ।

स्थानीयहरु, नेपाल प्रहरी लगाएतले आगोलाई नियन्त्रणमा लिएर नजिकै रहेका अन्य घरमा क्षति हुनबाट जोगाएका थिए । प्रहरीले क्षतिको विवरण तयार गरिरहेको छ । लागलागि पिडितलाई गाउँपालिकाको कार्यविधि अनुसार तत्कालै राहत उपलब्ध गराइने गाउँपालिका अध्यक्ष भिम बहादुर सेनले बताएका छन् ।

तपाईको प्रतिक्रिया