जाजरकाेटकाे स्थानीय तहमा सुविधायुक्त विद्यालय

जाजरकोट, ६ चैत्र । सामाजिक विकास कार्यालयले सातै स्थानीय तहमा नमुना विद्यालय निर्माण गरेको छ । प्रति विद्यालयमा रु २० देखि ५० लाख सम्मका नमुना विद्यालय निर्माण गरेको कार्यालय प्रमुख धनबहादुर विष्टले जानकारी दिए ।

भौतिक पूर्वाधार नहुँदा समस्यमा परेको विद्यालयहरु नयाँ भवनहरु निर्माण सँगै खुसी छाएको छ । उनका अनुसार माद्यामिक विद्यालय लिम्सा, बारेकोट , भेरी नगरपालिकाको दिपेन्द्र माध्यमिक विद्यालय कालाभुर , लक्ष्मी प्राप्ति मावि खुर्पा कुशेमा नयाँ आधुनिक भवन निर्माण भएका हुन् ।

त्यस्तै छेडागाड नगरपालिका ४ मा रामोदय मावि जेवा ,जुनिचाँदे गाउँपलिकामा महेन्द्र मावि कोताङ , शिवालय गाउँपालिकामा सरस्वती मावि सिमा र भेरीकै त्रिभुवन मावि खलंगामा नयाँ भवन निर्माण गरिएको छ । त्यस्तै रु २० लाखमा भेरी नगरपालिका भित्र रामजानकी प्रावि इउरी, बालप्रावि कुस्तरामा आधुनिक भवन निर्माण गरिएको छ ।

त्इस्तै गरि कालिका माध्यमिक विद्यालय छेडागाड , कालिका मावि सेडाखरेमा समेत सुविधा यूक्त भवन निर्माण गरिएको कार्यालय प्रमुख विष्टले बताए । त्यस्तै २० लाखमा जनता प्रावि थानवाडा , बारेकोट ३ मुलसाम स्थित दिपेन्द्र मावि र नलगाड नगरपालिकामा जुनिबालसंरक्षण माविका भवनहरु निर्माण गरिएका छन् । विद्यालय व्यवस्थापन समितिको सक्रियातमा विद्यालय भवन निर्माण भएका हुन् । भवन निर्माणसँगै विद्यार्थीहरु रमाएर बस्न पाएका छन ।

नवनिर्मित भवनको प्रदेशसभा सदस्य गणेसप्रसाद सिंह , प्रदेश योजना आयोगको टोलीले समेत अनुगमण ,निरीक्षण गरि गुणस्तर राम्रो भएको बताएको छ । यो वर्षमा नलगाड नगरपालिकाको जुनिबाल संरक्षण मावि सिर्के , भेरी नगरपालिकाको त्रिवेणी मावी रिम्ना , छेडागाडको नारायणी मावि कार्कीगाउँ , ज्ञानकुन्ज क्याम्पस दशेरामा निर्माण कार्य जारी रहेको छ ।

आवश्यकता , विद्यार्थीको चापका आधारमा विद्यालय भवन निर्माण गरिएको प्रमुख विष्टले बताए । जाजरकोटमा विद्यालय भवनको अवस्था कम्जोर रहेको भन्दै यहँले अझै धेरै विद्यालय निर्माण कार्य जारी रहेको उनको भनाई छ । त्यस्तै स्थानीय तहले पनि विद्यालय निर्माण कार्य जारी राखेका छन् ।

विद्यार्थीलाई खेलमैदानको समस्य भएको ठाउँमा खेल मैदान , विद्यालयमा घेरावारको काम समेत भएको बताएको छ । प्रदेश सरकारको मताहातमा रहेको सामाजिक विकास कार्यालयले संरचना निर्माण तथा गुणस्तरमा ध्यान दिने कार्यालयको भनाई छ । यस्तै जिल्लाको भेरी नगरपालिकाले कालाभुरमा सुविधायुक्त भवन निर्माण गरेको छ ।

तपाईको प्रतिक्रिया