तीन स्थानीय तहमा नमस्तेको फोरजी सेवा

जाजरकोट, ६ चैत्र । जिल्लाको पश्चिमी क्षेत्र नमस्ते मोबाइल सेवा संग जोडिएको छ । नेपाल टेलिकमले फोर जी सहितका नयाँ टावर निर्माण गरेपछि पश्चिम जाजरकोट सञ्चार सेवासँग जोडिएको हो ।

जिल्लामा निर्माणधीन ७ वटा नमस्तेको टावर मध्य शिवालय गाउँपालिकामा विहीबार देखि सञ्चालन आएको हो । यो टावरबाट शिवालय गाउँपालिका र छेडागाड नगरपालिकामा बसोबास गर्ने स्थानीयले सुविधा पाएको नेपाल टेलिकमले जनाएको छ ।

टावरको काम पटक , पटक हुँदै तर बीचमै छोडेर जाने प्रवृतीका कारण समस्या हुँदै आएकोमा पुर्व वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत र प्रदेशसभा सदस्य गणेसप्रसाद सिंहको निरन्तर दवावपछि जाजरकोटको फ्रेज कर्णालीबाट अलग गरेर टावर बनाउने काम गरिएको थियो ।

१० जिल्लाको काम एकै पटक गर्दा जाजरकोटमा निर्माण हुँने टावरका कामहरु ढिला हुँने भएकाले जाजरकोटको फ्रेजलाई अलग गरेर काम सुरु गरिएको थियो । जाजरकोटको काम अलग गरेसँगै शिवालयमा विहीबार देखि टेलिफोन सेवा सुरु भएको छ ।

त्यस्तै बारेकोट गाउँपालिकाको रतनकोटमा रहेको टावर निर्माण कार्य पुरा भएकोले एक हप्ता भित्र टावर सञ्चालनमा आउनेछ । नलगाड नगरपालिका ८ गराइलामा निर्माण कार्य जारी रहेको टावर महिना दिन भित्र सञ्चालनमा आउने बताएको छ ।

त्यस्तै नलगाडका दुर्गम वडा रग्दा र भगवतीमा समेत नयाँ टावर निर्माणका लागि सभ्रेको काम सम्पन्न भएको छ । केही महिना अघि जुनिचाँदे गाउँपालिकामा नमस्तेको फोन सेवा सुरु भइसकेको छ । यि सवै टावर सञ्चालनमा आएमा जिल्ला भरी सञ्चार सम्पर्क गर्न सहजता आउने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया