विक्दैन् स्थानीयको तरकारी, भारतको फालाफाल


जाजरकोट, ५ चैत्र । जिल्लाको भेरी नगरपालिका १ कोल्चौंर र रावतगाउँका किसानले समुह बनाएर तरकारी उत्पादन गरिरहेका छन् । सुरुमा सहयोगी संस्था हाइ भ्यालुको आश्वासनमा कृषिको काम थालेका उनीहरुले फलाएको तरकारी अहिले बिक्रि हुन सकेको छैन ।

तरकारी पनि बिकेन , तरकारी उत्पादन गर्दा लागेको ऋण पनि तिर्न नसकेको किसानहरुको गुनासो छ । कोल्चौंर र रावतगाउँमा कृषि समुह र समुह बाहिर गरी लगभग ७५ जना किसानहरुले गोलभेडा खेति गरेका छन् । अहिले उनीहरुको बारीमा लटरम्म रुपमा गोलभेडा पाकेको छ । तर बिक्रि गर्ने बजार छैन ।

स्थानीय केसरी बि. क. आफुले फलाएको तरकारी नबिक्दा अब टनेल बनाउँदा लागेको ऋण कसरी तिर्ने भन्ने चिन्तामा छन् । सहयोगी संस्था हाइ भ्यालुले बजारिकरणको आश्वासन दिएको भएपनि अहिले सरकारी तथा गैह्र सरकारी सस्था कसैको पनि सहयोग नपाएको किसान शिला बिकले गुनासो गरिन् ।

बिक्रि गर्न मिल्ने अवस्थामा रहेको गोलभेडा बिक्रि नभएपछि किसान चिन्तित भएका हुन् । किसान ससे राना फरक, फरक तरकारी लगाउन पाएको भएपनि बिक्रि हुन्थ्यो कि भन्छन् । संस्थाले कृषि समुहमा रहेका किसानलाई गोलभेडा उत्पादनमा भएको खर्चको आधा बेहोर्ने प्रतिवद्धता जनाएको थियो । तर तरकारी फलिसकेपछि भने आफुहरुलाई दिएको आश्वासन पूरा नगरेको किसानहरुको गूनासो छ ।

नगरपालिकाले आफ्नो समस्या पालिकामा सुनाउन आग्रह गरेको छ । किसानको गुनासो अब कसरी सम्बोधन हुन्छ ? हाम्रो प्रश्नमा भेरी नगरपालिकाका कृषि शाखा प्रमूख यज्ञ बहादुर अधिकारीले किसानहरुको समस्या समाधान गर्न पहल गर्ने र यस अघि पनि उनीहरुले उत्पादन गरेको तरकारी बिक्रिको लागि सहयोग गरेको बताए ।

यता जाजरकोट खलंगामा भारतको रुपैडिया देखि आएको तरकारी भने बजारमा विक्ने गरेको स्थानीय व्यापारीहरु बताउँछन् । भारत बाट आएको गोलभेडा, टमटर, बन्दा लगाउतका तरकारी जाजरकोटका बजारमा फालाफल तरिकाले विकिरहेको स्थानीय व्यापारीहरुको भनाई छ । तरकारी उत्पादन भएर पनि बजारको व्यवस्था नहुनु स्थानीय सरकारको लाप्रवाही भएको जानकारहरु बताउँछन् । #CIN#

तपाईको प्रतिक्रिया