
पाँच बर्षपछि लागुऔषध मुद्धाका फरार व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको छेडागाड नगरपालिका ४ का सुरेन्द्र थापालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय जाजरकोट बाट खटिएको प्रहरी टोलीले लुकीछुपि गाउँमा बसेको अवस्थामा पक्राउ गरिएको जनाएको छ । उनलाई २०७२ साल असोज १८ गते जिल्ला अदालत जाजरकोटले १० दिने कैद र ५ हजार जरिवाना तोकेको थियो ।
फागुन ३ गते फेला पारी जाजरकोट अदालतमा बुझाइएको र सोही अनुरुप कारागार चलान गरिएको प्रहरी प्रमुख मधुकुमार थापाले जानकारी दिए ।
















































। ४ चैत्र २०७७, बुधबार