
जाजरकोट, ४ चैत्र । जेहेन्दार बिद्यार्थीहरुको शैक्षिक विकास गर्न नेकपा (एमाले) का नेता डम्बरबहादुर सिंहले स्थापना गरेको ‘सिता–जानकी’ अक्षयकोष बर्षेनी बढ्न थालेको छ । नेता सिंहले बारेकोट गाउँपालिका–६ कार्कीज्युला स्थित सिता आधारभुत विद्यालयमा २९ भदौ २०७४ मा स्थापना गरिएको ‘सिता–जानकी’ अक्षयकोषमा शिक्षक तिलक बहादुर महतराले बार्षिक दश हजार थप गर्न थालेपछि कोष बार्षिक रुपमा बढ्न थालेको हो ।
शिक्षक महताराले प्रति महिना १ दिनको तलब जेहन्दार विद्यार्थीहरुको शैक्षिक विकासका लागि स्थापना गरिएको अक्ष्यकोषमा जम्मा गर्न थालेका छन् । नेता सिंहले सीता आधारभुत विद्यालयमा स्थापना गरिएको ‘सिता–जानकी’ अक्षयकोषबाट प्रत्येक वर्ष बारेकोट गाउँपालिका भित्रै अध्ययन गर्दै आएका जेहेन्दार, टुहुरा, विपन्न बिद्यार्थीहरुलाई शैक्षिक राहात टोक्कन वितरण गर्दै आएका छन् ।
उक्त बिद्यालयका शिक्षक महताराले टुहुरा, जेहेन्दार र आर्थिक हिसाबले विपन्न विद्यार्थीहरुको शैक्षिक विकासमा योगदान गर्ने उदेश्य राखेर प्रत्येक महिनामा १ दिन बराबरको अर्थात् वार्षिक १० हजार नगद उक्त कोषमा जम्मा गर्न थालेका छन् । शिक्षक महतराले उक्त कोषमा पैसा जम्मा गर्न बुधबार चेक हस्तान्तरण गरेका थिए । नेता सिंहले आफुलाई राजनीतिज्ञ मात्र नभएर सफल समाज सेवी भएको उदाहरण प्रस्तुत गरेका छन् । सिंहले गरेको उक्त कार्यलाई बारेकोटबासीले उच्च प्रशंसा गरेका छन् ।
१२ जना विद्यार्थीलाई आर्थीक सहयोग
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता डम्बरबहादुर सिंहको पहलमा बाह्र जना गरिव तथा जेहेनदार विद्यार्थीलाई आर्थीक र शैक्षिक सहयोग गरिएको छ । अष्टे«लियामा अध्ययनरक्त रमेश सिंहको आर्थीक सहयोगमा बारेकोट गाउँपालिका भित्र अध्यनरक्त असहाय, गरिव र जेहेन्दार छ वटा विद्यालयका विद्यार्थीलाई वितरण गरिएको छ ।
जसअन्र्तगत प्रत्येक विद्यार्थीलाई ५ हजार आर्थीक सहयोग र शैक्षिक टोक्कन वितरण गरिएको नेता सिंहले जानकारी दिए । उनले पछिल्लो समयमा विभिन्न पहलमा गरिव तथा विपन्न परिवारका लागि आर्थीक सहयोग जुटाउँदै आएका छन् ।
लकडाउनको वेला समेत बारेकोटी जनतालाई खाद्यान्नको सहयोग गरेका नेता नेकपा एमाले जाजरकोटका प्रभावशाली नेता हुन । बारेकोट गाउँपालिका ६ को सिता माद्यामिकमा रहेको सिता जानकी अक्षय कोषमा जम्मा गरिएको छ । गाउँपालिका भित्रका वुद्धिजिवी, समाजसेवी, राजनितीक दलका नेता कार्यकता लागायतका व्यक्तिहरुको उपस्थिती रहेको थियो ।
















































। ४ चैत्र २०७७, बुधबार