२४ फाल्गुन २०७७, सोमबार
ताजा खबर
  

सकियो सात दिने पोते बुनाई तालिम

No description available.प्रेम विश्वकर्मा
जाजरकोट, २४ फागुन । जिल्लाको भेरी नगरपालिकामा महिलासँग उप प्रमुख कार्यक्रम अन्तरर्गत सात दिने पोते बुनाई तालिम सम्पन्न भएको छ । भेरी नगरपालिका महिला बालवालिका तथा जेष्ठ नागरिक शाखाले आयोजना गरेको उक्त तालिम फागुन १८ गते देखि सुरु गरिएको थियो ।

भेरी नगरपालिकाका वडा स्तरिय महिलाहरुको क्षमता अभिवृदि गर्नको लागि महिलासँग उप प्रमुख अन्तरर्गत विभिन्न तालिमहरु राखिएको छ । जस अन्तरर्गत वडा नं १,२ र ५ का लागि भने पोते बुनाई तालिम सञ्चाल गरिएको थियो ।

No description available.

उक्त तालिममा एक वडाबाट ५ जना गरि १५ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो । तालिममा प्रशिक्षण नेपालगञ्जकी ममता शाहीले दिएकी थिइन् । यो तालिम सिक्न पाउँदा आफु निकै खुसि भएको तालिममा सहभागी भेरी नगरपालिका १ की सपना वादीले बताइन् । आफुले सिकेको सिपलाई व्यवसायिक बनाउने प्रतिबद्धता गर्दै यस्तो अवसर दिने आयोजक भेरी नगरपालिकालाई धन्यबाद व्यक्त गरेकी छन् ।

नगरपालिकाले दिएको पोते बुनाई तालिम महिलाहरुका लागि सार्थक रहेको तर सिक्ने समयअवधि निकै छोटो भएको अर्की सहभागि भेरी नगरपालिका २ की देविका रोकायले गुनासो पोखिन् । यस्ता तालिमहरुले महिलाहरुको आत्मबल बढाउन प्रेरित गर्ने तालिमकै सहभागि भेरी नगरपालिका ५ की ललिता विश्वकर्माले बताइन् । जाजरकोटका पसलहरुमा पोते किन्न जादाँ जाजरकोटकै उत्पादन हुन् भनि सुन्न पाए हामीले दिएको यो तालिमले सार्थकता पाएको महसुस गर्ने नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत दल ब घर्तिले बताए ।

“तपाइहरुले निकै चासोका साथ तालिममा सिक्नु भएको छ, तालिमको समयअबधि छोटो भएको आभाष हामीले पनि गरेका छौँ घर्तिले भने । नगरपालिकाले आगामि दिनमा पर्याप्त समय पुग्ने गरि यस्ताखाले तालिम सञ्चालन गर्ने घर्तिले प्रतिबद्धता व्यक्त गरेका छन् । सिकेको सिपलाइै व्यवसायिकरुपमा सञ्चालन गरि सकारात्मक सोचका साथ समाजमा रोजगार सिर्जना घर्तिले सबैमा अनुरोध समेत गरेका छन् ।

महिलाहरु आफैमा सक्षम र बलियो हुने हो भने कसैले पनि हेप्न नपाउने नगर उप्रमुख भावना भण्डारीले भनाइ राखिन् । सिकेको सिपलाई व्यवसायमा ढाल्न जोड दिनुपर्ने उनको भनाई छ । भण्डारीले १ सय ११ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको शुमकामना व्यक्त गर्दै कार्यक्रमको समापन गरेकी थिइन् ।

यस अघि ६,७ र ८ नं वडामा फागुन १ र २ गते दुई दिने च्याउ तालिम सम्पन्न गरिएको थियो । बाकी रहेका वडा नस्तै वडा नं ९ मा मुढा बुनाइ तालिम,वडा नं १० र १३ मा सर्वोत्तम पिठो उत्पादन तालिम,३ र ४ मा अचार उत्पादन तालिम र ११ र १२ मा करेसा बारी व्यवस्थापन तालिम क्रमस सम्पन्न हुने भेरी नगरपालिका महिला बालवालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख विपना पौडेलले जानकारी दिईन् ।