२४ फाल्गुन २०७७, सोमबार
ताजा खबर
  

कविता  : ८ मार्च अन्र्तराष्ट्रिय महिला दिवस

आठ मार्च श्रमिक महिलाहरुको वडा दिन
आठ मार्च कारखानामा काम गर्ने महिलाको खुसीको दिन
आठ मार्च उद्योग व्यवसाय सञ्चालन गर्ने महिलाहरुको वडा दिन
मार्च आठ अधिकार खोज्नेहरुको वडा दिन

 

कति महिलाहरुले चुलो चौधेरो खेतवारीमा सीमित छन्
कति महिलाहरुले अन्याय र अत्याकार भित्र रुमलिएका छन्
कति महिलाहरु आफ्नो हक नबुझेर अन्धकारमा लुकेका छन्
कति बुझेर पनि बुझ पचाएर लम्पसार परेका छन्

 

आठ मार्च अन्र्तराष्ट्रिय महिलाहरुले अधिकार पाएको दिन
श्रमजिवी महिलाहरुले भोट हाल्ने अधिकार पाएको दिन
आफ्नो हक लडेर ल्याएको सुनौलो त्यो दिन
आठ मार्च नेपाली महिलाहरुले अधिकार पाएको दिन

 

हामी उद्यमी महिलाहरु व्यक्तिगत स्वार्थ भन्दा माथि उठ्नुपर्छ
हामी उद्यमी महिलाहरु आफ्नो गाउँ राष्ट्रको लागि लड्नुपर्छ
हाम्रा उद्योग व्यवसायलाई राष्ट्र संग जोडेर लानुपर्छ
हाम्रा उद्यमी महिलाहरुले त्यो देशको प्रतिनिधित्व गर्नुपर्छ
हाम्रा उद्यमी महिलाहरु देशको उद्योग मन्त्री बन्नुपर्छ

 

आठ मार्च लाई नारा भाषणमा मात्र सिमीत गर्नु हुन्न
आठ मार्च साच्चै नेपाली उद्यमीको साथी बन्नुपर्छ
आठ मार्च व्यानर र कार्डमा मात्र हैन
नेपाली नारीहरुको आन्तरिक शक्ति बन्नुपर्छ

 

आठ मार्च प्रत्येक बर्ष झाटो टार्ने उत्सव हैन्
तर नेपाली चेलीहरुको अधिकारमुखी बन्नुपर्छ
आठ मार्च व्यक्ति सजिलै आएको दिन हैन
त्यो त धेरै महिलाहरुको वलिदानीको दिन हो

 

सलाम कलरा जेत्कीन रोजा लक्जर्मलाई
जस्ले त्यो दिन ल्याउनै अनवरत लडाई लड्नि
आज सबै महिलाहरुले भोट हाल्ने अधिकार पाए
पैत्तिक सम्पतीमा छोरा सरह छोरीले अधिकार पाउने भएँ
पुन : एकपटक हजारौँ महिलाहरुको तर्फ बाट सलाम

 

अन्र्तराष्ट्रिय श्रमिक आठ मार्च महिलाहरुको वडा दिन
आठ मार्च श्रमिक कारखानामा काम गर्ने खुसीको दिन
आठ मार्च उद्योग व्यवसाय सञ्चालन गर्ने महिलाहरुको वडा दिन्
आठ मार्च श्रमिक महिलाहरुको अधिकार खोज्नेहरुको वडा दिन