
जाजरकोट, २२ फागुन । जिल्लाको नलगाड नगरपालिकाका दुई यूवाले चप्पल उद्योग सञ्चालन गरेका छन् । वैदेशिक रोजगारीमा गएका कृष्ण थापा र गणेश पुनले १३ लाख रुपैयाँ लगानीमा छेप्कामा चप्पल उद्योग संचालन गर्न लागेका हुन् । लामो समय वैदेशिक रोजगारमा रहेका युवा पुनले स्वदेश फर्किएपछि दुई जना मिलेर उद्योग संचालन गरेको बताए ।
चप्पल बनाउने आवश्यक सामाग्रीहरु सात लाख रुपैयाँको लागतमा बिराटनगरबाट ल्याएको जानकारी दिए । वैदेशिक रोजगार बाट फर्केर के गर्ने भन्ने अलमलमा परेका पुनलाई थापाले चप्पल उद्योग गर्ने सल्लाह दिएका थिए । चप्पल उद्योगका लागि भने २४ सैं घण्टा बत्तिको आवश्यक पर्ने भएपनि वत्तिको अभाव भएको उनीहरुले बताए ।

पुनले भने, ‘वत्ति नहुँदा लगानी बापतको मुनाफा लिन सकिदैन कि भने चिन्ता थपिएको छ ।’ जाजरकोट जिल्लामा थापा र पुनले थालेको यो काम एकदमै सरणीय काम गरेका छन् । वैदेशिक रोजगारीपछि फर्किएका यहाँका यूवाहरु वेरोजगार भई बसिरहेको अवस्थामा उनीहरुले निकै राम्रो काम गरेको साना तथा घरेलु महासंघ नेपालका केन्द्रिय सदस्य शिला नेपालीले बताईन् ।
उनले भनिन्, ‘उहाँहरुको यो काम निकै उल्लेखनिय छ, गाउँमा थालेको यस्ता उद्योगहरु संरक्षणका लागि सरकारले पनि विशेष ध्यान दिनुपर्छ, अनि मात्र यस्ता उद्योगहरुको संरक्षण हुने र स्थानीयले रोजगारी पाउनेछन् ।’ पावर र पहुँचमा हुनेलाई मात्र सरकारी अनुदान दिने प्रचलनको अन्त्य गरी यस्ता उल्लेखनिय काम गर्ने यूवालाई दिदा निकै टेवा पुग्ने उद्योगीहरु बताउँछन् ।
















































। २२ फाल्गुन २०७७, शनिबार