सोती घटना :  न्यायको माग गर्दै माईतीघर मण्डलामा विरोध सभा

No description available.

जाजरकोट, २२ फागुन । गत जेठ १० गत्ते भएको रुकुम पश्चिम सोती नरसंहारको सर्वाेच्च अदालतमा हुने बहसमा न्याएको याचना गर्दै माईतीघर मण्डलामा आयोजित विरोध सभा सम्पन्न भएको छ ।

राष्ट्रिय दलित मुक्ति जागरण अभियाय नेपालको आयोजनामा शुक्रबार माईतीघर मण्डलामा न्यायको माग गर्दै प्रर्दशन गरिएको हो । उक्त विरोध सभालाई सम्बोधन गर्दै राष्ट्रिय दलित मुक्ती जागरण अभियान नेपाल पश्चिमका संयोजक खगेन्द्र सुनारले नबराज हत्याकाण्डका अपराधीहरुलाई ढाकछोप गर्न खोजेमा ज्यानको बदला ज्यान लिने भनी आक्रोश पोखे ।

सरकारले दलित माथी अन्याय गर्छ भने सरकार संग पनि कडा रुपमा प्रस्तुत हुने समेत बताए । यस्तै, बिरोध सभामा बोल्दै राष्ट्रिय दलित मुक्ति जागरण अभियान नेपाल पुर्वका संयोजक राजेश बिद्रोहीले अपराधीहरुलाई कार्बाही नभए सम्म सरकारलाई दबाब अन्तिम सम्म दिईरहने बताएका थिए ।

प्रदेश सभा सांसद तथा दलित नेता कल्पना नेपालीले अपराधीहरुलाई कुनै पनि हालतमा छुट्न दिइने छैन, छुटाउन खोज्ने चलखेल गर्ने कुनै पनि सामन्तीलाई सजिलै नछोड्ने उनको भनाई थियो । उक्त बिरोध सभामा थुप्रै दलित अधिकारकर्मी र कलाकारहरुको दरिलो उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया