भेरीमा अन्तराष्ट्रिय महिला दिवस मनाउने तयारी

प्रेम विश्वकर्मा
जाजरकोट २१ फागुन । जिल्लाको भेरी नगरपालिकाद्धारा १ सय ११ औँ अन्तराष्ट्रिय महिला दिवस मनाउन लागिएको छ । æwomen in leadership,achieving an equal future in a covid -19 भन्ने अन्तराष्ट्रिय नारा तथा “महिलाको सुरक्षा,सम्मान र रोजगार ः समृद्ध नेपालको आधार” भन्ने राष्ट्रिय नाराका साथ फागुन २४ गते उक्त दिवस मनाउन लागिएको हो ।

दिवस विभिन्न कार्यक्रमहरु गरेर मनाइने छ । जसअन्तर्गत महिला हिंसा निवारण सम्बन्धी सचेतनामूलक खुल्ला लोक गित प्रतियोगिता, कुर्सी, दौड प्रतियोगिता र घैटो फोर प्रतियोगिता हुनेछन् । लोक गित प्रतियोगितामा प्रथम हुनेले प्रामाणपत्र सहित रु. १० हजार प्राप्त गर्ने छन् । त्यस्तै दृतिय हुनेले प्रमाणपत्र सहित रु.७ हजार र तृतिय हुनेले प्रमाणपत्र सहित रु ६ हजार प्राप्त गर्नेछन् ।

त्यसैगरी कुर्सी दौड प्रतियोगितामा प्रथम,दृतिय र तृतिय हुनेलाई प्रमाणपत्र सहित उचित प्रस्कारको व्यवस्था र घैटो फोर्ने एक जनालाई प्रमाणपत्र सहित उत्कृष्ट पुरस्कारको व्यवस्था रहेको भेरी नगरपालिका महिला बालवालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख बिपना पौडेलले जानकारी दिइन् ।

कार्यक्रम तल्लो थाप्लेदेखि ठाँटी, गैरीखाली हुदै जिल्ला समन्वय समितिको प्राङ्गनमा गई समापन हुने उक्त कार्यक्रमको संयोजकको रुपमा रहेकी भेरी नगरपालिका कार्यपालिका सदस्य मिना पुनले जानकारी दिइन् ।

उक्त कार्यक्रममा नगरपालिका भित्र गठित विभिन्न आमा समूह,महिला समूह, विभिन्न राजनितिक दलका महिला नेतृ तथा महिला जनप्रतिनिधिहरुको सहभागिता रहनेछ । कार्यक्रममा विभिन्न साझेदारी संघसंस्थाहरुको पनि समन्वय रहने भेरी नगरपालिका महिला बालवालिका तथा जेष्ठ नागरिक शाखामा कार्यरत शारदा शर्माले जानकारी दिइन् ।

No photo description available.

तपाईको प्रतिक्रिया