बारेकोटमा गरियो चराहरुको अनुगमन तथा सुचिकृत कार्यक्रम

No description available.

कालीप्रसाद थापा
जाजरकोट, १७ फागुन । जिल्लाको बारेकोट गाउँपालिकामा नेचर गाईड तालिम तथा चराहरुको अनुगमन सुचिकृत कार्यक्रम गरिएको छ ।

गाउँपालिका क्षेत्र भित्रका विभिन्न वनहरुमा रेडपाण्डा नेटवर्क र डाँफे यूवा क्लवको साझेदारीमा उक्त कार्यक्रम गरिएको हो । रामीडाँडाको कोटेली खोला देखी छेडासम्म ४० जातका चराचुरङ्गीहरु पाइएको पंक्षी संरक्षक गोविन्द्रबहादुर सिंहले जानकारी दिए ।

मैनाको कलेबारी सामुदायिक वन अन्तरर्गतको झम्खोला १८९१ मिटर देखि कलेबारी २३०९ मिटर हुँदै तलकोट्सम्म अनुगमन गर्दा ३८ जातका चराहरु, र त्यसैगरी आइतबार बिहान ६ बजेदेखि १० सम्म थरीका रामीडाडाको लिम्साको देउल, दोमिल्दा हुँदै पुनः खोलासम्म १० थरीका गरि ८८ थरीका चराहरु अनुगमन गरिएको छ ।

उक्त समुहमा चरा संरक्षण सदस्य एबम बारेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोबिन्द बहादुर सिंह,चरा शिक्षा समाजका रमेश चौधरी,रेडपाण्डा नेटवर्कका संयोजक सरोज श्रेष्ठ लगाएत बारेकोटका ३ र कुशेका २ रेडपाण्डा संरक्षण कार्यक्रम क्षेत्रका सामुदायिक वनका अबिभाबकहरुको समेत सहभागी गरिएको थियो ।

तपाईको प्रतिक्रिया