वेपत्ता परिवार भन्छन्, कि सास कि लास चाहियो


जाजरकोट, १४ जाजरकोट । भेरी नगरपालिका महिला तथा वालबालिका शाखामा कार्यरत्त शारदा शर्माका वुवा शिवप्रसाद शर्मा वेपत्ता भएको वीस बर्ष पुग्यो । कहाँ छन् के भयो अझै अत्तोपत्तो छैन ।

तत्कालिन समयमा भेरी ज्ञानोदय क्याम्पस जाजरकोटमा पुस्तकालय सहायक पदमा जागिर गरिएका शर्मालाई २०५५ सालमा नेपाली सेनाले पक्राउ गरी ६ महिना जेल जीवन विताउन बाध्य पा¥यो ।

जेल जीवन पश्चात् नेपालगञ्जमा सी.एम.ए पढ्न गएका शर्मालाई २०५७ फागुन १३ गते अपहरण गरिएका वुवालाई अझै नभेटिएपछि विहीबार सहिद स्मृति यूवा क्लवले आयोजना गरेको २० औँ सम्झना तथा अन्तरक्रिया कार्यक्रममा वुवाको खोजी गरिदिन सरोकारवाला निकायलाई आग्रह गरिन् । शर्माले अहिले सम्म वुवाको कुनै अत्तोपत्तो छैन् हामीलाई लास वा सास चाहियो भन्दै दुःखेसो पोखिन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रिय सदस्य दिपक खनालका वुवा रामप्रसाद शर्मा २०५७ सालमा हराएका आफ्ना वावुको अझै फेला नपारेको भन्दै आक्रोश व्यक्त गरे । उनले निर्दोष वुवालाई घरमा बसिरहेको बेला तत्कालीन विद्रोही पक्षले अपहरण गरी बेपत्ता पारेको बताए । उनले वुवाको लास कि सास पत्ता लगाउन आग्रह गरे ।

उनीहरु त उदाहरण मात्र हुन् । जिल्लाका तत्कालिन माओवादी केन्द्रले सुरु गरेको शसस्त्र जनयुद्धमा अझै १२ जना वेपत्ता रहेका छन् । उनीहरुका परिवारहरु आफन्तहरुको सास र लासको प्रतिक्षामा छन् । तर जसको सरकार आएपनि कसैले सार्वजनिक गर्दैनन् । ‘जव वेलुका हुन्छ, भाई आउँछ भन्ने आश लाग्छ, तर आउँदैन् शिवका ठुला दाई विष्णुप्रसाद शर्माले भने ।’

परिवारमा केही गर्ने क्षमता भएको भाई हामीले गुमाउँदा अहिले पनि हामीलाई अभिभावक गुमाएको जस्तो महसुस भईरहन्छ उनले दुखेसो पोखे । ‘सरकारले राहत स्वरुप १० लाख दियो, भाईको मुल्य त १० लाख थिएन्, नमेटिने घाउ बनेर भाई हरायो उनले थपे ।’

भेरी नगरपालिका उपप्रमुख भावना भण्डारीले सरकारले वेपत्ता पारिएको परिवारका लागि खासै काम नगरेको बताईन् । उनले भनिन्, ‘वेपत्ता पारिएका परिवारको शिक्षा,स्वास्थ्य रोजगार समेत स्थानीय सरकारले हेर्नुपर्ने हो तर हामीले पनि काम गर्न सकेका छैनौँ ।’ अव सबै सरकारहरुले मिलेर वेपत्ता परिवारको काम गर्दा राम्रो हुने र स्थानीय सरकार नियमित वेपत्ता परिवारको साथमा रहने प्रतिवद्धता व्यक्त गरिन्् । नेपाल कम्युनिष्ट पार्टी नेकपा जाजरकोटका अध्यक्ष ढकवीर रानाले जनयुद्धले सिर्जना गरेको संघीय लोकतान्त्रीक गणतन्त्र पाएको बताए ।

उनले भने, ‘अहिले हामीले जे पाएका छौँ, त्यो जनयुद्धको परिणाम हो । वेपत्ता परिवारका लागि सरकारले खासै काम गरेको छैन ।’ अव आउने जुनसुकै सरकारलाई वेपत्ता तथा सहिद परिवारका लागि काम गर्न आग्रह गरिने बताए । वेपत्ता परिवारका आफन्तहरुको खोजी कार्य तीव्र पारिने समेत बताए ।

तपाईको प्रतिक्रिया