रोकिएन् चोरी सिकारी, स्थानीय सरकार देखि कार्यालय सम्म चुपचाप

                 वन्यजन्तुकाे सिकारका लागि थापिएकाे पासाे : तस्वीर गाेविन्दबहादुर सिह
जाजरकोट, १३ फागुन । पछिल्लो समय जाजरकोटमा दुर्लभ वन्यजन्तुको चोरी शिकार दिन प्रतिदिन बढ्दै गएको छ ।  चोरी शिकारी बढेपछि जंगली जनावरको संख्या घट्दो अवस्थामा रहेको छ । बारेकोट गाउँपालिकाको जिरी मैना,पाडामुल्साम, लुहाग स्याला, कोलल्यानी, सिल्पाचौर, लैखम, नलगाड नगरपालिकाको ऐराडि, नहकुली, गेरेनी, रावतगाउँ, ध्यारगाउँ, रग्दा, भगवती, कुशे गाउँपालिकाको पैक, अछार्नी, भेरी नगरपालिकाको डिंगा, तिमिले लगायतका उच्च लेक तथा पाटन क्षेत्रमा दैनिक चोरी शिकार भई रहेको वन्यजन्तु संरक्षण अभियान्ता गोविन्द्रबहादुर सिंहको भनाई छ ।

शिकारीले भरुवा बन्दुक, पासाथापेर, शिकारी कुकुरको प्रयोग गरेर जंगली जनावर मार्ने गरेका छन् । गाउँमा घरेलु हतियार भरुवा बन्दुक छ््यापछ्याप्ती छन् यसतर्फ कसैको चासो छैन सिंहले गुनासो गरे ।

जिल्लाका विभिन्न भेकमा पाईने बदेल, रतुवा, भालु, घोरल, थार, खरायो, झारल, रेडपान्डा, कस्तुरी, डा“फे, चिरकालिज लगाएत जंगली जनावर तथा पंक्षीको दिन प्रतिदिन चोरी शिकारी बढेको छ । डिभिजन वन कार्यालयमा कार्यरत वन प्राविधीक तथा प्रहरीले चोरी शिकारी नियन्त्रणमा ध्यानदिन नसकेको बारेकोट गाउँपालिका ४ का मोहन सिंहले बताए । वनको अतिक्रमण, डढेलो, चरीचरन लगाएत कारण वन विनास बढेपछि जंगली जनावर तथा पंक्षीको बासस्थान समेत नष्ट हुँदै गएको छ

। जिल्लाका सात वटै स्थानीय तहले वन्यजन्तुको संरक्षणका लागि चुपचाप देखिएको स्थानीयको आरोप छ । भेरी नगरपालिकाले कुनै पनि वन्यजन्तुको संरक्षणका लागि कुनै पहल नगरेको भेरी नगरपालिका ५ पुन्माका दिपेन्द्र सिंहले बताए । बारेकोट गाउँपालिका भित्र विश्वमा नै दुर्लभ पशुपंक्षी रहेको, दिनदिनै चोरी सिकारी भईरहेको तर यहाँको स्थानीय सरकार मौन बसेको बारेकोट गाउँपालिका २ का भीमबहादुर विकले भने । भेरी नगरपालिका र बारेकोेट गाउँपालिका उदाहरण मात्र हुन् ।

जिल्लाका सात वटै स्थानीय तहले वन्यजन्तुको संरक्षणका लागि खासै पहल नगरेको स्थानीयको आरोप छ । ‘जुनीचाँदे गाउँपालिका भित्र रहेको जडीवुडी देखि वन्यजन्तुको चोरी सिकारी बढिरहेको छ, स्थानीय सरकारले खासै पहल गर्दैन् स्थानीय हिमाल शाहीले भने ।’

डिभिजन वन कार्यालयले समेत गतिलो काम गर्न नसकेको स्थानीयको आरोप छ । खलंगा लगायत आसपासका क्षेत्रमा मात्र काम गर्ने, ठाउँठाउँ बाट रेडपाण्डा सहित दुर्भल वन्यजन्तुको सिकार भईरहेको उनीहरु बताउँछन् । उता डिभिजन वन कार्यालय जाजरकोटलाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

तपाईको प्रतिक्रिया