भूमि सम्बन्धी समस्या समाधान आयोग जाजरकोटको कार्यालय उद्धघाटन, निष्पक्ष रुपमा निश्कर्षमा पुग्ने गरी काम गर्ने प्रतिवद्धता

May be an image of 7 people, including Navaraj Singh Jajarkot, Bhairab Shrestha and Bhawana Bhandari, people standing and text that says 'नेपाल सरकार भूमि सम्यन्धी समस्या समाधान आयोग जिल्ला २०७७ समिति जाजरकोट M SHOT ON REDMI AI DUAL CAMERA'

जाजरकोट, १० फागुन । भूमि सम्वन्धी समस्या समाधान आयोग जिल्ला समिति जाजरकोटको कार्यालय स्थापना गरिएको छ । खलंगामा एक कार्यक्रमका बीच समितिको कार्यालय स्थापना गरिएको हो । समितिको कार्यालय जिल्ला समन्वय समितिमा स्थापना गरिएको छ । उद्धघाटन कार्यक्रममा बोल्दै जिल्ला समिति जाजरकोटका अध्यक्ष नवराज सिंहले आयोगले निष्पक्ष रुपमा निष्कर्षमा पुग्नेगरी काम गर्ने प्रतिबद्धता जनाए ।

अहिलेको आयोग विगतको भन्दा भिन्नै प्रकृतिको भएको भन्दै स्थानीय सरकारले तदारुकताका साथ काम गरे मात्र सफलता प्राप्त गर्न सकिने अध्यक्ष सिंहले बताए । भूमिहिन दलित र सुकुम्वासीलाई जग्गा दिने, अव्यवस्थित बसोबासलाई व्यवस्थति गर्ने र विगतका आयोगहरुले गरेका अधुरा कामलाई पूरा गर्ने दायित्व आफूहरुलाई रहेको अध्यक्ष सिंहले जानकारी दिए । कार्यक्रममा राष्ट्रिय सभा सदस्य एवम् नेकपा जाजरकोटका ईन्चार्ज भैर व सुन्दर श्रेष्ठले भूमिसम्बन्धी लामो समयदेखिको समस्या समाधान गर्नका लागि तीन वटै तहका सरकारले आयोगलाई सहयोग गर्नुपर्ने बताए ।

May be an image of 3 people, including Navaraj Singh Jajarkot, people standing and people sitting

तीन तहकै सरकार र नापी, वन लगायतका पदेन सदस्यका रुपमा रहेका कार्यालयहरुले आयोगको मात्रै काम हो भनेर पन्छिन खोजे समस्या समाधान हुन नसक्ने भन्दै सबै उत्तिकै जिम्मेवार हुनुपर्नेमा श्रेष्ठले जोड दिए । यस्तै, भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्तीले भूमि सम्बन्धी लामो समयदेखि समस्या भोग्दै आएका परिवारको समस्या समाधानका लागि आयोगलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

उद्धघाटन कार्यक्रममा जिल्ला स्थित राजनितीक दलका प्रमुख, सरकारी कार्यालयका प्रमुख, गैरसरकारी संस्थाका प्रतिनिधी पत्रकार, समाजसेवी लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो । जाजरकोटमा भुमी सम्बन्धी व्यवस्था आयोगका अध्यक्ष नवराज सिंह, विज्ञ सदस्यमा विश्वविक्रम शाह र सदस्यमा राजेश्वरी शाहीलाई न्युक्ति यस अघि नै गरिसकेको छ ।

तपाईको प्रतिक्रिया